राजनीति
काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको ‘व’ पनि उच्चारण गर्ने अधिकार संविधानले नदिएको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्द दायर रिटमा आइतबार बहस गर्दै उनले भने, ‘‘संविधानअनुसार अहिलेको प्रधानमन्त्रीले विघटनको ‘व’ पनि उच्चारण गर्न पाउँदैनन् ।’’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफमा प्रतिनिधिसभा विघटन राजनीतिक विषय भनेको भन्दै खण्डन पनि गरे । प्रतिनिधिसभा विघटन न्यायिक पुनरावलोकनको विषय भएको उनको जिकिर थियो ।
फाइल तस्बिर ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७ १३:१५
प्रतिक्रिया दिनुहोस्