काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अतिकम विकसित मुलुक हुनमै लाभ रहेको धारणा व्यक्त गरेको छ ।
विकासोन्मुख राष्ट्रको सूचीमा ग्र्याजुयट हुनुभन्दा तलै रहनु फाइदा रहेको धारणा राख्दै महासंघले स्तरोन्नति हुँदा वैदेशिक सहयोग कम पाइने भन्दै अहिले तयारी रोक्न आग्रह गरेको हो ।
महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा यस्तो धारणा राखेका हुन् । उनका अनुसार माथि गइसकेपछि हामी कमर्सियल ऋण लिएर काम गर्न सक्दैनौँ । स्तरोन्नतिपछि कर्जा र सहुलियत रोकिन्छ । त्यसकारण आम्दानीको स्तरमा उल्लेखनीय सुधार नभएसम्म स्तरोन्नति हुन नहुने महासंघको धारणा छ ।
नेपालले सन् २०२१ मा ग्र्याजुयट हुने तयारी ५ वर्षअघिदेखि थालेको हो । हालसम्म ग्र्याजुयट हुने ३ आधारमध्ये प्रतिव्यक्ति आयबाहेक अरु मापदण्ड पूरा गरिसकेको छ ।
बंगलादेशले सन् २०२४ मा ग्र्याजुयट गर्ने तयारी गरेको छ । नेपालले पनि हतार गर्नु नहुने महासंघको ठहर छ ।
महासंघको यस्तो छ धारणा
फाइल तस्बिर ।