site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलायतमा कोरोनाका कारण एकैदिन हजारभन्दा बढीको मृत्यु 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बीबीसी । बेलायतमा एकैदिन एक हजार ४१ जना कोरोनाका बिरामीको मृत्यु भएको छ । जुन अप्रिलपछिको सबैभन्दा ठूलो दैनिक मृत्यु रेकर्ड रहेको बताइएको छ । ठूलो स्तरमा कोरोना परीक्षण सञ्चालन गरिएदेखि एकदिनमै ६२ हजार बढी नयाँ संक्रमण फेला परेको पनि यो पहिलोपटक भएको बताइएको छ ।

यसबारेमा स्वास्थ्यसचिव म्याट हेनककले बढ्दो नयाँ संक्रमण दरका कारण डाक्टरहरु उपचार विधिमा सम्झौता गर्न बाध्य हुनुपर्ने अवस्था आएको बताएका छन् । यसमा विशेषगरी अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या गत अप्रिलमा कोरोना उच्च विन्दुमा हुँदाको तुलनामा अहिले ३९ प्रतिशतले वृद्धि भएको पनि उनले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसैगरी, कोरोना पोजेटिभ भएको २८ दिनभित्रमा मृत्यु हुने बिरामीको सङ्ख्या पनि पहिलेभन्दा बढी रहेको बताइएको छ । यसमा विज्ञहरुले अहिलेको बढ्दो दैनिक मृत्युदर र अस्पताल भर्ना हुने बिरामीको सङ्ख्या चिन्ताजनक भएको बताइरहेका छन् ।

प्रोफेसर हेवार्डका अनुसार सरकारले लकडाउनका नियमहरु अपनाएसँगै मृत्युको सङ्ख्या विस्तारै कम हुँदै जानसक्छ । तर, पूर्ण नियन्त्रणमा ल्याउन अझै केही समय लाग्नेछ । उनले यसमा सरकारले उपयुक्त कदम उठाउनमा ढिलाइ गरे, परिणामस्वरुप डाक्टरहरु, ‘कसको उपचार गर्ने अनि कसलाई छाड्ने’ भन्ने छनोट गर्न बाध्य हुने अवस्थामा पुग्नेछन् । वेस्ट मिडल्यान्ड्स एम्बुलेन्स सर्भिसका अनुसार सोमबार कम्पनीको इतिहासकै सबैभन्दा व्यस्त दिन थियो । जसमा उनीहरुले पाँच हजार बढी ‘इमरजेन्सी कल’ प्राप्त गरेका हुन् ।

Royal Enfield Island Ad

यति बेला बेलायतभर भाइरससम्बन्धी अत्यन्तै कडा नियम लागु गरिएको छ । जसमा वेल्स, नर्दन आयरल्यान्ड र स्कटल्यान्डका समेत अधिकांश भूभागमा लकडाउन जारी छ । उता, खोपसम्बन्धी काम गरिरहेका मन्त्री नादिम जहवीले सरकारको लक्ष्य पूरा गर्न सकिनेमा विश्वास जनाएका हुन् र खोप कार्यक्रममा सामुदायिक फार्मेसीलाई पनि सहभागी गराइएको हुँदा धेरै मद्दत मिल्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री बोरिस जोन्सनले जानकारी दिएअनुसार बेलायतभर १३ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro