काठमाडौं । साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउन समझदारी भएको छ ।
मेगा बैंक, मेगा क्यापिटल मार्केट्स, ज्वालामुखी गाउँपालिका र धादिङ उद्योग वाणिज्य संघबीच चौपक्षीय सम्झौता भएको हो ।
मेगा क्यापिटल मार्केट्सले संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमी–व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकताअनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपणसहित बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिनेछ ।
यसले स्थानीयस्तरमा साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँच बढाई व्यवसाय वृद्घि तथा विस्तारमा सहयोग पुग्ने विश्वास उनीहरुको छ ।