site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशबाट मल आउन ढिलाइ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बंगलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मल ल्याउन ढिलाइ भएको छ ।

यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी)मार्फत् रासायनिक मल खरिदको सम्झौता भएको १८ दिन बितिसक्दासमेत प्रक्रिया सुरु हुन सकेको छैन ।

सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतीतपत्र) खोलेर बंगलादेश पठाइसकेको जनाइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपालका तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बंगलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी एलसी खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको बताउँछन् ।

उनका अनुसार कम्पनीले सिद्धार्थ बैठकमा एलसी खोलेको ड्राफ्ट बंगलादेशलाई पठाइसकेको छ । ‘‘हामीले पठाएको एलसी बंगलादेशका अधिकारीले अध्ययन गर्दै गरेको जानकारी आएको छ । उताबाट हुन्छ भनेर पठाउनासाथ रासायनिक मल खरिदको प्रक्रिया सुरु भइहाल्छ,’’ उनले भने, ‘‘हामीले जतिसक्दो छिटो मल ल्याउने तयारीअनुसार काम गरेका छौँ । तर, उताबाट धेरै ढिलाइ हुँदै आएको छ ।’’

Royal Enfield Island Ad

उनका अनुसार सरकारी प्रक्रिया सकिएको १० दिनमा रेल र सडकमार्ग हुँदै मल खरिद सुरु गरिनेछ । बंगलादेशसँग प्रतिमेट्रिकटन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौतानुसार बंगलादेशसँग प्रतिमेट्रिकटन १८ डलर कममा सम्झौता भएको छ ।

जीटुजीमार्फत् मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरिदको तयारी गरेको थियो । तयारीस्वरुप पुस २ गते जीटुजी प्रक्रियामार्फत् मल खरिदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रष्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।

पर्याप्त  मौज्दात
धान रोप्ने याममा रासायनिक मल अभाव भए पनि हाल पर्याप्त मात्रामा मलको मौज्दात छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पाेरेसनसँग पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको भण्डारीले जानकारी दिए ।

उनका अनुसार  कम्पनीसँग हाल नौ÷नौ हजार मेट्रिक्टन डीएपी र पोटास तथा आठ हजार मेट्रिकटन युरिया मल मौज्दात छ । चालु आवको बोलपत्रमार्फत् कर्पाेरेसनले खरिद गरेको मलसमेत पर्याप्त मात्रामा छ ।

सुरुआती चरणमा कम्पनीको मल बिक्री–वितरण हुने तथा मौज्दात सकिँदै गएपछि कर्पाेरेसनले खरिद गरेको मलको बिक्री–वितरण सुरु हुने उनले जानकारी दिए । रासस
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro