site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
अन्तरिक्षको फोहोरमा कटौति गर्न पहिलोपटक जापानले काठको स्याटलाइट बनाउँदै 
SkywellSkywell

बीबीसी । एउटा जापानी कम्पनी र कोयोतो युनिभर्सिटीले मिलेर विश्वकै पहिलो काठको स्याटलाइट बनाउने तयारी गरिरहेका छन् । सो स्याटलाइट २०२३ सम्म निर्माण भइसक्ने बताइएको छ । 

यसमा कम्पनी ‘सुमितोमो फरेस्ट्री’ ले अन्तरिक्षमा काठका वस्तुको प्रयोग अनि रुखको विकास सम्बन्धी अध्ययन अनुसन्धाजन सुरु गरिसकेको जानकारी दिएको छ । यसका लागि पहिले पृथ्वीका कठोर वातावरणमा विभिन्न किसिमका काठहरुले कस्तो प्रतिक्रिया जनाउँछन् भन्नेमा रिसर्च गरिनेछ । 

Dabur Nepal
NIC Asia

प्रत्येक वर्ष नयाँ स्याटलाइटहरु अन्तरिक्षमा पठाउनाले त्यहाँ फोहोर या ‘स्पेस जंक’ को समस्या बढिरहेको छ । यस्तोमा उपकरण काठको भए, पृथ्वीमा खसेपनि हानिकारक तत्व नफाली त्यो जलेर भस्म हुन सक्नेछ अथवा पृथ्वीसम्म आइपुगेपनि कुनै हानि पुर्याउनेछैन । 

कोयोतो युनिभर्सिटीका प्रोफेसर एवम् जापानी अन्तरिक्षयात्री ताकाओ दोइले बीबीसीसँग भनेका छन्, “हामी यो कुराले अत्यन्तै चिन्तित छौँ कि, अन्तरिक्षमा पठाइएका स्याटलाइटहरु पछि पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गर्दा आफैँ जल्ने क्रममा त्यसबाट ससानो अलुम्ना तत्वहरु उत्पन्न हुनेछ जुन धेरै वर्षसम्म माथिल्लो वायुमण्डलमै तैरिरहनेछ । र अन्ततः त्यसले पृथ्वीको वातावरणमा प्रभाव पार्नेछ । ”

यसैकारण आफूहरु वातावरण अनुकूल स्याटलाइट निर्माणमा लागि परेको उनले बताए । उनले थप भनेका छन्, “यसको अर्को चरण भनेको चाहिँ स्याटलाइटको इन्जिनियरिङ मोडल निर्माण गर्नु हो अनि त्यसपछि हामी यसको फ्लाइट मोडल पनि बनाउनेछौँ । ”

अन्तरिक्षयात्रीका रुपमा उनले मार्च २००८ मा इन्टरनेस्नल स्पेस स्टेसनको भ्रमण गरेका थिए । त्यस मिसनमा उनी अन्तरिक्षमा ‘बुमरेङ’ फाल्ने पहिलो व्यक्ति बनेका हुन् जसलाई ‘सुक्ष्मगुरुत्वाकर्षण’ मा प्रयोग गर्न विशेष तरिकाले डिजाइन गरिएको थियो । 

सुमितोमो फरेस्ट्री वास्तवमा ४०० वर्ष अगाडि स्थापित ‘सुमितोमो ग्रुप’ को हिस्सा हो । कम्पनीका अनुसार यसले अहिले सूर्यको किरण र बदलिँदो तापमान प्रतिरोधक काठको वस्तु विकसित गर्ने सम्बन्धी काम गरिरहेको छ । कम्पनीका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा उनीहरुले यसमा प्रयोग गर्ने काठ, ‘रिसर्च एण्ड डेभेलपमेन्ट सिकरेट’ अर्थात गोप्य जानकारी भएको बताएका हुन् । 

विज्ञहरुले यसअघि नै अन्तरिक्षमा बढ्दै गएको फोहोर पृथ्वीमा खस्ने जोखिम रहेका सम्बन्धी चेतावनी दिइसकेका छन् । विश्व आर्थिक फोरमका अनुसार हाल पृथ्वीको वरिपरि ६ हजार स्याटलाइट घुमिरहेका छन् जसमध्ये ६० प्रतिशत काम नलाग्ने या फोहोर (स्पेस जंक) मात्र हुन् । त्यस्ता स्पेस जंक अत्यन्तै तिव्र गतिमा, ३५ हजार ८८२ किलोमिटर प्रति घण्टाको रफ्तारमा घुम्ने गर्दछन् जसकारण नै यससँग कुनै वस्तु ठोक्किएमा उल्लेखनीय क्षति पुग्ने गर्दछ । २००६ मा एउटा सानो स्पेस जंक, वैज्ञानिक अध्ययन अनुसन्धान गर्न स्थापित गरिएको स्पेस स्टेसनसँग ठोक्किन पुग्दा अधिक बलियोगरी निर्माण गरिएको भएपनि त्यसको झ्यालमा क्षति पुगेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro