काठमाडौं । ‘हाम्रो सान, हाम्रो स्वाभिमान : राष्ट्रिय पोसाक हाम्रो पहिचान’ भन्ने नारासहित आठौं औपचारिक राष्ट्रिय पोसाक दिवस मनाइएको छ ।
काठमाडौंको माइतीघरमा भेला भएर युवाहरुले राष्ट्रिय पोसाक दिवस मनाएका हुन् । कार्यक्रममा औपचारिक राष्ट्रिय पोसाक (दौरा-सुरुवाल, टोपी, गुन्युचोली) लगाएर अभियन्ताहरु उपस्थित थिए ।
२०७० पुस १७ देखि सुरु गरिएको यो अभियान सरकारले औपचारिक पोसाक घोषणा नहुन्जेल जारी रहने राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक राजानन्द माण्डव्य बताउँछन् ।
आजको दिनमा देश-विदेश छरिएर रहेका नेपालीहरुले स्वस्फूर्त रुपमा दौरा-सुरुवाल तथा गुन्युचोली लगाएर विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् । हेरौं दिवसका अवसरमा माइतीघरमा भेला भएका अभियन्ताहरुका थप तस्बिर :