देश
काठमाडौं । “हाम्रो सान, हाम्रो स्वाभिमान : राष्ट्रिय पोसाक हाम्रो पहिचान’ भन्ने नारासहित भोलि (पुस १७ गते) औपचारिक राष्ट्रिय पोसाक दिवस मनाइने भएको छ ।
यो दिवस २०७० पुस १७ गतेका दिनदेखि सुरुवात गरिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक राजानन्द माण्डव्यले एक विज्ञप्तिमार्फत जनाएका छन् ।
बिहान ८ बजे माइतीघरबाट सुरु हुने उक्त कार्यक्रममा औपचारिक राष्ट्रिय पोसाक (दौरासुरुवाल, टोपी, गुन्युचोली) लगाएर उपस्थित हुन प्रतिष्ठानले आग्रह गरेको छ ।
विश्वजगतमा चिरपरिचित मात्र नभई बहुसंख्यक नेपालीले सम्मानसाथ पहिरिने औपचारिक पोसाकको सम्मान र संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य भएको विज्ञप्तिमा जनाइएको छ ।
-फाइल तस्बिर
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७ १३:१७
प्रतिक्रिया दिनुहोस्