site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापानले विश्वकै पहिलो काठको स्याटेलाइट बनाउँदै 
SkywellSkywell

बीबीसी । एउटा जापानी कम्पनी र कोयोतो युनिभर्सिटीले मिलेर विश्वकै पहिलो काठको स्याटेलाइट बनाउने तयारी गरिरहेका छन् । सो स्याटेलाइट सन् २०२३ सम्म निर्माण भइसक्ने बताइएको छ ।

यसमा कम्पनी ‘सुमितोमो फरेस्ट्री’ले अन्तरिक्षमा काठका वस्तुको प्रयोग अनि रुखको विकाससम्बन्धी अध्ययन–अनुसन्धान सुरु गरिसकेको जानकारी दिएको छ । यसका लागि पहिले पृथ्वीको कठोर वातावरणमा विभिन्न किसिमका काठहरुले कस्तो प्रतिक्रिया जनाउँछन् भन्नेमा रिसर्च गरिनेछ ।

प्रत्येक वर्ष नयाँ स्याटेलाइटहरु अन्तरिक्षमा पठाउनाले त्यहाँ फोहोर या ‘स्पेस जंक’को समस्या बढिरहेको छ । यस्तोमा उपकरण काठको भए, पृथ्वीमा खसेपनि हानिकारक तत्व नफाली त्यो जलेर नस्ट हुन सक्नेछ अथवा पृथ्वीसम्म आइपुगे पनि कुनै हानि पुर्‍याउने छैन ।

Dabur Nepal
NIC Asia

कोयोतो युनिभर्सिटीका प्रोफेसर एवम् जापानी अन्तरिक्षयात्री ताकाओ दोइले बीबीसीसँग भनेका छन्, “हामी यो कुराले अत्यन्तै चिन्तित छौँ कि अन्तरिक्षमा पठाइएका स्याटेलाइटहरु पछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा आफैँ जल्नेक्रममा त्यसबाट ससानो अलुम्ना तत्वहरु उत्पन्न हुनेछ, जुन धेरै वर्षसम्म माथिल्लो वायुमण्डलमै तैरिरहनेछ । र, अन्ततः त्यसले पृथ्वीको वातावरणमा प्रभाव पार्नेछ ।”

यसैकारण आफूहरु वातावरणअनुकूल स्याटेलाइट निर्माणमा लागिपरेको उनले बताए । उनले थप भनेका छन्, “यसको अर्को चरण भनेको चाहिँ स्याटेलाइटको इन्जिनियरिङ मोडल निर्माण गर्नु हो । अनि, त्यसपछि हामी यसको फ्लाइट मोडल पनि बनाउनेछौँ ।”

अन्तरिक्षयात्रीका रुपमा उनले मार्च २००८ मा इन्टरनेसनल स्पेस स्टेसनको भ्रमण गरेका थिए । त्यस मिसनमा उनी अन्तरिक्षमा ‘बुमरेङ’ फाल्ने पहिलो व्यक्ति बनेका हुन् । जसलाई ‘सूक्ष्म गुरुत्वाकर्षण’मा प्रयोग गर्न विशेष तरिकाले डिजाइन गरिएको थियो ।

सुमितोमो फरेस्ट्री वास्तवमा ४०० वर्षअगाडि स्थापित ‘सुमितोमो ग्रुप’को हिस्सा हो । कम्पनीका अनुसार यसले अहिले सूर्यको किरण र बदलिँदो तापमान प्रतिरोधक काठको वस्तु विकसित गर्नेसम्बन्धी काम गरिरहेको छ । कम्पनीका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा उनीहरुले यसमा प्रयोग गर्ने काठ, ‘रिसर्च एन्ड डेभेलपमेन्ट सिकरेट’ अर्थात गोप्य जानकारी भएको बताएका हुन् ।

विज्ञहरुले यसअघि नै अन्तरिक्षमा बढ्दै गएको फोहोर पृथ्वीमा खस्ने जोखिम रहेकोसम्बन्धी चेतावनी दिइसकेका छन् । विश्व आर्थिक फोरमका अनुसार हाल पृथ्वीको वरिपरि छ हजार स्याटेलाइट घुमिरहेका छन् । जसमध्ये ६० प्रतिशत काम नलाग्ने या फोहोर (स्पेस जंक) मात्र हुन् । त्यस्ता स्पेस जंक अत्यन्तै तीव्र गतिमा, ३५ हजार ८८२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा घुम्ने गर्दछन् । जसकारण नै यससँग कुनै वस्तु ठोक्किएमा उल्लेखनीय क्षति पुग्ने गर्दछ ।

२००६ मा एउटा सानो स्पेस जंक वैज्ञानिक अध्ययन–अनुसन्धान गर्न स्थापित गरिएको स्पेस स्टेसनसँग ठोक्किन पुग्दा त्यसको झ्यालमा क्षति पुगेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu