site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘कोभिडको प्रभाव अर्थतन्त्रमा अनुमानभन्दा कम देखियो, आर्थिक वृद्धिदर राम्रो हुन्छ’
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को प्रभाव अनुमानभन्दा कम देखिएकोले आर्थिक वृद्धि राम्रो हुने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको भर्चुअल छलफलमा गभर्नर अधिकारीले अर्थतन्त्रमा कोभिडको प्रभाव अनुमान गरेभन्दा कम भएको र केही क्षेत्रबाहेक अधिकांश क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकोले आर्थिक वृद्धि राम्रो हुने दाबी गरे ।

उनले जेठमा ६ प्रतिशत उद्योगमात्रै पूर्ण क्षमतामा सञ्चालन भएकोमा हाल ५६÷५७ प्रतिशत पूर्णरुपमा सञ्चालन भएको बताए । बैंकिङ क्षेत्रबाट पनि मंसिर र पुसमा कर्जा प्रवाह बढेको उनले बताए ।

Agni Group
NIC Asia

“मंसिर र पुसमा क्रेडिट ग्रोथ राम्रो छ । अब बैंकिङ प्रणालीमा भएको अधिक तरलता विस्तारमा प्रयोगमा आउँछ,” गभर्नर अधिकारीले भने, “प्रणालीमा भएको अधिक तरलताले गर्दा राष्ट्र बैंकले दिएको पैसा लैजान बैंकहरुले गाह्रो मानेका छन् । तर, अब कर्जा बढ्दै जाँदा पुनर्कर्जा पनि राम्रोसँग जान्छ ।”

उनले यही आर्थिक वर्षमा प्रणालीमा रहेको अधिक तरलता प्रयोगमा आउने दाबी गरे । गभर्नर अधिकारीले भने, “अप्ठेरो परेकोमा ल्याएको सहुलियतमा कुन बैंक कति अगाडि बढे  भन्ने कुरा हामी चैतपछि मूल्याङ्कन गर्छौँ ।”

Global Ime bank

उनले असोजमा मात्रै पुनर्कर्जाको आवेदन माग भएर कात्तिकमा स्वीकृत भएको तथा आर्थिक पुनरुत्थान कार्यविधि मंसिरमा मात्रै आएकोले दोस्रो त्रैमासमा नै कुन बैंकले कति यागदान दिए भन्ने स्पष्ट नहुने तर चैतसम्म कस्तो योगदान दिए भन्ने स्पष्ट हुने भएकोले चैतसम्मको डाटाको आधारमा राष्ट्र बैंकले मूल्याङ्कन गर्ने उनले बताए ।

“कोभिडपछिको आर्थिक पुनरुत्थानको लागि गत वर्षको चौथो त्रैमासमा ब्याजदरमा २ प्रतिशत छुटबाट ९ अर्बभन्दा बढीको योगदान भयो,” गभर्नर अधिकारीले भने, “त्यस्तै अहिलेसम्म ८१ अर्ब पुनर्कर्जा स्वीकृत भएको छ । अहिले प्रणालीमा भएको अधिक तरलताले बैंकहरुले पैसा लैजान नमाने पनि विस्तारै जान्छ ।”

स्वीकृत भएको ८१ अर्ब पुनर्कर्जामध्ये अधिकांश १५ लाखभन्दा सानो कर्जामा गएको दाबी गरे । ४१ हजार ऋणीलाई ८१ अर्ब पुनर्कर्जा स्वीकृत भएकोमा ३३ हजारभन्दा बढी ऋणी १५ लाखभन्दा सानो कर्जा लिएका भएको उनको दाबी छ ।

गभर्नर अधिकारीले सार्वजनिक हितबाहेकको काम राष्ट्र बैंकले कुनै पनि हालतमा नगर्ने बताए । “हामाीले हामीले सार्वजनिक हितबाहेकका काम गर्दैर्नौँ, सिस्टमको हितको लागि काम गर्ने हो,” उनले भने ।

सञ्चारमाध्यमलाई पनि सूचना प्रभाव गर्दा भेरिफाइ गरेर मात्रै गर्न आग्रह गरे । “बाहिरबाट उचालेर केही कुरा आउन सक्छ । त्यस्तो विषयमा समाचार सम्प्रेषण गर्दा राष्ट्र बैंकसँग भेरिफाइ गरेर सूचना प्रवाह गर्नुहोला,” गभर्नर अधिकारीले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय