अर्थ व्यवसाय
काठमाडौं । इसेवा मनि ट्रान्सफर र स्मलवल्र्डबीच रेमिट्यान्स् कारोबार गर्ने सम्झौता भएको छ । यो सेवा सुरु भएपछि अमेरिका, बेलायत, सेनजेन, ब्राजिललगायत २२ वटा देशमा रहेका नेपालीले स्मलवल्र्डमार्फत नगद तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सक्ने जनाइएको छ ।
नगदमा पठाइएको रकम नेपालभर रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजारभन्दा एजेन्ट तथा इसेवा वालेट एपमा पनि प्राप्त गर्न सकिनेछ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७ १६:०५
प्रतिक्रिया दिनुहोस्