काठमाडौं । इसेवा मनि ट्रान्सफर र वायरबार्लेबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । उक्त सम्झौतासँगै अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, र हङकङमा रहेका नेपालीले वायरबार्लेबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा सहजै रकम पठाउन सक्नेछन् ।
नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट मार्फत प्राप्त गर्न सकिन्छ । यस्तै सीधै इसेवा वालेटमा समेत उक्र रकम प्राप्त गर्न सकिन्छ । यस्नैं बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । वायरबार्ले एउटा फिनटेक स्टार्ट अप कम्पनी हो, जसले एशिया प्रशान्त क्षेत्रमा मोबाइल–अनलाइन रेमिट्यान्स् सेवा प्रदान गर्दछ ।
वायरबार्ले अस्ट्रेलियाको कम्पनी हो । यसको सेवा अस्ट्रेलियासहित दक्षिण कोरिया, अमेरिका, क्यानाडा, न्युजिल्यान्ड र हङकङमा रहेको छ ।