site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसद्वारा विराटनगरमा विरोध प्रदर्शन, सरकार असफल भइसक्यो : शशांक कोइराला
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । नेपाली कांग्रेसले सरकारको विरोधमा प्रदेश–१ को राजधानी विराटनगरमा जुलुस र विरोध सभा आयोजना गरेको छ । कांग्रेस महामन्त्री शशांका कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यकर्ताको उल्लेख्य समभागिता थियो । तीनपैनी चोकबाट तरुण दलले मोटरसाइकल र्याली निकालेर शुरु भएको जुलुस मनेरोड हुँदै महेन्द्र चोकमा पुगेर सभामा परिणत भयो । 

सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सरकार भ्रष्टाचार, अधिनायकवाद र अनियमिततामा लिन भएको आरोप लगाए । भने, “तीन वर्षसम्म चुप लागेर बसेका हामी अन्ततः सडकमा आउनु परेको छ । सरकारले जनहितका कामै गर्न सकेन ।” 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले अबको निर्वाचनमा एक भएर अघि बढ्ने र देश बनाउने जिम्मा कांग्रेसले लिने बताए । कांग्रेसको आदर्श, इतिहास र विचारलाई कसैले पराजित गर्न नसक्ने बताउँदै उनले आर्थिक समृद्धिको अबको बाटो भएको सुनाए । 

कांग्रेसले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन मोरङका १७ वटै स्थानीय तहबाट मोटरसाइकल र्याली निकालेको थियो । कार्यकर्ताहरु बस चढेर कार्यक्रममा सहभागी हुन विराटनगरमा जम्मा भएका थिए । 

Royal Enfield Island Ad

यसअघि कोइराला निवासमा बिहान आयोजित पत्रकार भेटघाटमा कोइरालाले कम्युनिष्ट सरकारको रवैयाबाट जनता दिक्क भएको बताउँदै बेरोजगार युवालाई स्वदेशमै रोजागरी दिने र आर्थिक समृद्धिको बाटो समाउने ठूलो चुनौती थपिएको बताएका थिए । भने, “कोभिडले सबै क्षेत्र प्रभावित बनेको छ । यसबाट मुलुकलाई पार लगाउन सरकार असफल देखिएको छ ।” उनले आम चुनावपछि  कांग्रेसको सरकार बने हिन्दु राष्ट्रको विषयमा जनमत संग्रह गर्न सकिने पनि बताए । 

कोइराला परिवारबाट पार्टीको सभापतिमा एक जनामात्र उमेदवार बन्ने र यस विषयमा आफूले डा. शेखर र सुजातासँग छलफल गरिरहेको पनि बताए । भने,“हामीमध्येबाट कोही एकजना उमेदवार बन्ने हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro