site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्याएर मानव बेचविखन गर्ने फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ स्थायी घर भएका गणेश कुमार लोंवा र  सिन्धुपाल्चोककी अनिता तामाङ भनिने अनिता सुनुवार रहेको मानव वेचविखन अनुसन्धान व्युराले जनाएको छ । 

उनीहरु मध्य लांवालाई व्यूरोबाट खटिएको प्रहरी अधिकृतको टोलीले मंसिर १६ गते महाराजगञ्ज पानिपोखरीबाटे पक्राउ गरेको थियो भने उक्त मुद्दामा फरार रहेका प्रतिवादी मध्येकी अनिता सुनुवारलाई खोजतलास गर्ने क्रममा आज चावहिल कुमारीगाल क्षेत्रबाट पक्राउ परेको व्युरोले जनाएको छ । 

Agni Group
NIC Asia

उनीहरुले ५ जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी गैरकानुनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भारत, खाडी मुलुक (दुवई कतार), मोजाम्बिक हुँदै साउथ अफ्रिका सम्म पुरÞ्याई बिक्री गरेको मानव वेचविखन अनुसन्धान व्युरोले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । 

उनीहरुले आकर्षक तलबको प्रलोभन देखाएर शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४, ५ महिनासम्म बन्धक बनाइराखेको थिए । 

Global Ime bank

बेचिएका नेपालीले कोही नभएको मौका पारी भागेर नेपाली दूतावासमा पुगी दूताबासको समन्वयमा आफन्तहरुको सम्पर्कमा आई नेपाल फिर्ता भएको र नेपालबाट नै पीडितहरुले दिएको जाहेरीको आधारमा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेको व्युरोले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय