site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गणपुरक संख्या नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गणपुरक संख्या नपुगेपछि संवैधानिक परिषद्को आजको बैठक स्थगित भएको छ । आज ९ बजे संवैधानिक परिषद्को बैठक बोलाइएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनामात्रै उपस्थित भएपछि आवश्यक संख्या नपुगेको हो ।

“आजको बैठक कोरम नपुगेर स्थगित भयो । विपक्षी दलका नेता र सभामुख नआएपछि बैठक बस्न सक्ने अवस्था संवैधानिकरूपमा छैन,” स्रोतले भन्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख प्रतिपक्षी दल तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि बैठक अनौपचारिक गफगाफमा परिणत भएको स्रोतको भनाइ छ । काङ्ग्रेसले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सोमबार देशव्यापी प्रदर्शन राखेको छ । त्यसकै पूर्वसन्ध्यामा राखिएको संवैधानिक परिषद्को बैठकमा नजान देउवालाई चर्को दबाब थियो ।

पार्टीभित्रैको विवादका कारण सभामुख पनि उपस्थित नभएपछि बैठक स्थगित हुन पुगेको स्रोतको जिकिर छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय