site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात दशकपछि प्राप्त भएका ती प्रेमपत्र 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वर्षौंपछि, त्यस्तो प्रेम पत्र भेटिएको छ, जुन दोस्रो विश्व युद्धमा एक फ्रान्सेली सिपाही मिमिले आफ्नी प्रेमिका एम्मीका लागि लेखेका थिए । यो प्रेम पत्र सात दशकपछि बल्ल भेटिएको हो ।

पत्रमा आफ्नाहरुसँग अलग्गिएर बस्नु परेको पीडाको वर्णन गरिएको छ । यो पत्र दोस्रो विश्वयुद्धमा खटिएका ५० लाख युवा सैनिकहरुले पठाएका मध्येका एक हो । यद्यपी यो पत्र उनकी प्रेमिका सम्म कहिले पुग्नै सकेन । अहिले सात दशकपछि यी सैनिकका नातीले आफ्नो हजुरबुबाले आफ्नी हजुरआमालाई पठाएको प्रेम पत्र सावर्जनिक गर्दैछन् । 

पत्र यसरी सुरु हुन्छ...

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज राति यहाँ निकै चिसो छ । तर म सँग यो चिसोबाट बच्न न्यानो लुगा पनि छैन । यो पत्र मार्फत म तिमीलाई मेरो माया पठाउँदै छु । आशा गर्दछु की तिमी कुशल मंगल नै छौ...। 

यो पत्र फ्रान्सको दक्षिक–पश्चिममा पर्ने एउटा रिसाइक्लिंग सेन्टरमा भेटिएको हो । त्यहाँ यस्ता लगभग २०० वटा पत्रहरु पुराना पत्रिकासँगै राखिएको थियो । 

Royal Enfield Island Ad

रिसाइक्लिंग सेन्टरकी कर्मचारी सेस्ली भन्छिन्, “यो पत्र देखेर हामी उत्सुक भएर हेर्दा थाहा भयो की यी सबै पत्र दोस्रो विश्वयुद्धताका लेखिएको रहेछ र अझै रोचक कुरा भनेको यी सबै एउटै व्यक्तिको नाममा आएको रहेछ ।”

सेस्लीले यी सबै पत्र जम्मा गरिन् र सम्बन्धित व्यक्तिसम्म पुर्याउन सोधखोज गरे पश्चात अन्ततः उनले यी पत्र ती सैनिककी छोरीसम्म पुर्याउन सफल भइन् । 

“यदि मैले यो पत्र नदेखेको भए, मैले कहिले थाहा नै पाउने थिइँन की मेरो बुबाले मेरी आमालाई कति धेरै माया गर्नुहुन्थ्यो भनेर,” ती सैनिक र प्रेमीकाकी छोरीले पत्र पढे पश्चात दिएको प्रतिक्रिया हो यो ।

ती सैनिकले दोस्रो विश्वयुद्धबाट सकुसल फर्किएर आफ्नी प्रेमिका एम्मीसँग विवाह गरे । एम्मीको निधन सन् २०१४ मा भएको थियो । 

दोस्रो विश्वयुद्ध
दोस्रो विश्वयुद्धले फ्रान्सलाई नराम्ररी हल्लाएको थियो । युद्धका लागि फ्रान्सबाट लगभग ५० लाख युवालाई तयार पारिएको थियो । यो कथा युद्धमा गएका ती लाखौं युवा सैनिकहरुको हो जस्ले त्यस्तो समयमा पनि आफ्नो परिवारलाई सधैं सम्झिरहन्थे ।

बीबीसी हिन्दी । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro