अर्थ व्यवसाय
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले चौधौं वार्षिक साधारण सभा आगामी मंसिर २० गते गर्ने भएको छ । संचालक समितिको ३४७ औं बैठकले कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै डिजिटल प्लाटफर्म मार्फत साधारण सभा गर्ने जनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगदला भांश (लाभांश कर समेत) दिने प्रस्ताव बैंकले गरेको छ ।
बैंकले १११ वटा शाखा, ९९ वटा ए.टी.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७ ०१:२८
प्रतिक्रिया दिनुहोस्