site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मिनीग्रिड आयोजना निर्माणसम्बन्धी सम्झौता
SkywellSkywell

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत् आयोजनाहरुलाई आपसमा जडान गरी मिनीग्रिड निर्माणको पहल थालेका छन् ।  कर्णाली प्रदेशको जुम्लाका सात लघु तथा साना जलविद्युत् आयोजनालाई आपसमा जडान गरी मिनीग्रिड निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले प्राधिकरण इन्जिनियरिङ कम्पनी र केन्द्रबीच हालै सम्झौता भएको हो ।

सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक मधुसूदन अधिकारी र प्राधिकरण इन्जिनियरिङका तर्फबाट प्रबन्ध निर्देशक तथा प्राधिकरणका उप-व्यवस्थापक हितेन्द्रदेव शाक्यले हस्ताक्षर गरेका छन् । ती मिनीग्रिड परियोजनाको इन्जिनियरिङ डिजाइनलगायत विस्तृत सम्भाव्यता अध्ययन कम्पनीले गर्नेछ । सोका लागि आर्थिक सहयोग केन्द्रले व्यहोर्नेछ । 

Dabur Nepal
NIC Asia

परियोजनाअन्तर्गत केन्द्रको अनुदान सहयोगमा सम्पन्‍न ६ आयोजना तथा प्राधिकरणको सहयोगमा सम्पन्‍न एक गरी सात आयोजनालाई मिनीग्रिडमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । सदरमुकामस्थित चन्दननाथ नगरपालिकामा रहेको २०० किवा क्षमताको घुघुजी साना जलविद्युत् आयोजना प्राधिकरणको सहयोगमा निर्माण भएको हो । तातोपानी गाउँपालिकाको २०० किवा क्षमताको गिरीखोला साना जलविद्युत् आयोजना, चन्दननाथ नगरपालिकाको १०० किवाको जुवानदी ठिन्केबाँध लघु जलविद्युत् आयोजना तथा पातारासी गाउँपालिकाका ४५ किवाको त्रिवेणी लघु जलविद्युत् आयोजना, ३१ किवाको लुम लघु जलविद्युत् आयोजना, ५० किवाको डिल्लीचौर लघु जलविद्युत् आयोजना र ९९८ किवाको चुकेनी खोला साना जलविद्युत् आयोजना केन्द्रको सहयोगमा निर्माण भएको हो । मिनीग्रिड आयोजनाको क्षमता १.६२४ मेगावाट  छ । 

सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक अधिकारीले लघु तथा साना जलविद्युत् आयोजनाको प्रभावकारी व्यवस्थापन र दिगोपनाका लागि आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्ने बताए । केन्द्रले पहिलेदेखि नै यस कार्यलाई प्राथमिकतामा राखेको, हालसम्म देशका विभिन्‍न स्थानमा ६ लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेको र २४ लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडानका लागि अध्ययन सम्पन्‍न भएको उनले जानकारी दिए । नेपाल सरकार विकास साझेदारहरुको सहयोगमा करोडौंको लगानीमा दुर्गम क्षेत्रमा निर्माण भएका लघु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइन पुगेपछि बन्द हुने क्रमलाई रोक्न ती आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नाको विकल्प नरहेको उनको भनाइ छ । 

हाल देशभर रहेका झन्डै २००० लघु जलविद्युत् आयोजनामध्ये राष्ट्रिय प्रसारण लाइनमा जोड्न सम्भाव्य रहेका कुल आयोजनाको संख्या  छिट्टै पहिचान गरिने बताइएको छ । आयोजना जडान गर्दा एकल आयोजनालाई सीधै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने, निश्चित क्षेत्रमा रहेका एकभन्दा बढी आयोजनाको स्थानीय ग्रिड निर्माण गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने वा स्थानीय ग्रिडलाई ‘अफग्रिड’ रुपमै सञ्चालन गर्न सकिनेजस्ता विभिन्‍न विकल्पसहित अध्ययन गरिनेछ । -रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu