site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्‍चिममा कोरोना संक्रमणदर बढ्दै, २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणबाट हालसम्म २१ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना छन् । यस्तै बझाङ, अछाम र बाजुरामा दुई/दुई तथा कञ्‍चनपुर, डोटी, दार्चुला र डडेलधुरामा एक/एकजनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड १९ सम्पर्क व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“अरु प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छ,” उनले भने, “कोरोनाबाट निको हुने दर पनि बढी नै छ ।” शुक्रबार साँझसम्म सुदूरपश्चिममा नौ हजार ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४४३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । बिरामीको प्रभावकारी व्यवस्थापनका कारण सुदूरपश्चिममा मृत्युदर कम भएको जोशीको भनाइ छ । “प्रयोगशाला बढाएर सङ्क्रमण परीक्षणको दायरा बढाउँदै लगेका छौँ,” उनले भने ।

स्वाब परीक्षणका लागि हाल ६ स्थानमा प्रयोगशाला सञ्चालनमा छ। अछाम र कञ्‍चनपुरमा समेत पीसीआर मेसिन जडानको तयारी रहेको जोशीले बताए । हाल सुदूरपश्चिममा एक सङ्क्रमितको अति सघन कक्षमा तथा दुईजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । तीन हजार पाँच सयभन्दा बढी २० वर्षदेखि २९ वर्ष उमेर समूहका सङ्क्रमित बढी छन् । -रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro