site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पर्वत–बागलुङ सडक अवरुद्ध
Sarbottam CementSarbottam Cement

बागलुङ । भारी वर्षा भैरहेका कारण मध्यपहाडी लोकमार्गको पर्वत– बागलुङ सडक पुनः अवरुद्ध भएको छ । पर्वतको कुस्मा नगरपालिका– १ सहस्रधारामा निरन्तर पहिरो झर्ने क्रम नरोकिएपछि दैनिक सडक अवरुद्ध हुँदै आएको छ । 

गत मंगलबार रातिदेखि अवरुद्ध भएको सडक बुधबार दिउँसो ४ बजेपछि एकतर्फी चलेपनि रातिदेखि पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले पहिरो खुलाउन सकिएको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

सामान्य वर्षा हुने वित्तिकै पहिरो ठूलो भएकाले ढुङ्गा र लेदो बगेर आउँछ । वर्षा हुँदा स्काभेटर प्रयोग गरेर हटाउन समेत कठिन भएकाले २० घण्टादेखि बाटो अवरुद्ध बनिरहेको उनले बताए । पाङ जोड्न सहस्रधारा – पाङ सडक निर्माण गरिएपछि सहस्रधाराका विभिन्न ठाउँमा पहिरो खसेको छ । सडक अवरुद्ध हुँदा यातायातका साधन घण्टौ रोकिने गरेका छन् । अहिले लामो दुरीका सवारी साधन खुलेपछि यात्रुको चाप बढेपनि अवरुद्ध हुँदा त्यसले यातयात ब्यवसायी र यात्रु  प्रभावित हुन पुगेका छन् । 

सडक खुलाउन स्काभेटर तयारी अवस्थामा छ । दैनिक चारपाँच घण्टा स्काभेटर चलाएर सडक खुलाउँदा सडक निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सनले पनि थप आर्थिक भार बेहोर्न बाध्य छ । 

Global Ime bank

लामा कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालका अनुसार डोजर परिचालनमा दैनिक पाँच हजार खर्च भैरहेको छ भने सडकमा खाल्डाखुल्डी पुर्ने काम पनि गर्न कठिन भएको छ । भएका स्काभेटर त्यही पहिरो हटाउन प्रयोग हुँदा अन्य काम पनि प्रभावित हुँदै आएको भुसाल बताउछन् । 

मुख्य राजमार्गबाट जथाभावी रुपमा शाखा सडकहरु निर्माण हुँदा जताततै राजमार्ग ध्वस्त बनाउने काम भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगर बताए । - रासस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  ०२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC