एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलडी लुइस सुआरेज एट्लेटिको मड्रिडमा गएका छन् । बार्सिलोनामा लामो समय बिताएका खेलाडी सुआरेज आफ्नै प्रतिस्पर्धी क्लबमा गएका हुन् ।
इटालियन क्लब युभेन्ट्स जाने चर्चा चलेका सुआरेज भिसाको समस्थाका कारण स्पेनमै रहेका हुन् । स्पेनमा रहेका सुआरेजलाई बार्सिलोनाले जान दिन सहमत बनेको हो ।
उनलाई बार्सिलोनाले ६ मिलियन युरोमा बेचेको बताइएको छ । बार्सिलोनामा पछिल्लो समय खुसी नदेखिएका सुआरेज अन्य क्लबमा जाने तयारी गरिरहेका थिए ।
उनी बुधबार मात्र क्लबको प्रशिक्षण स्थानबाट सहकर्मीसँग बिदा माग्दै एट्लेटिको जान तयार रहेको बताएका थिए । उनी बार्सिलोनामा ६ वर्षको बसाइपछि क्लबबाट निस्कन लागेका हुन् । बार्सिलोनामा रहँदा उनले २८३ खेलमा १९८ गोल गरेका थिए । उनले लियोनल मेस्सी र नेयमारपछि बार्सिलोनामा सर्वाधिक गोल गरेका छन् ।
सुआरेज सन् २०१४ मा लिभरपुलबाट ७४ मिलियन पाउन्डमा ला लिगा क्लबमा आएका थिए । उनले चार ला लिगा, चार कोपा डेल रे, च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि जिताउन योगदान गरेका थिए । -बीबीसी