site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
राजस्थानको विजयी सुरुवात
Siddhartha BankSiddhartha Bank

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । 

मंगलबार भएको खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा राजस्थानले दिएको २१७ रनको बलियो लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र २०० रन बनायो । 

Agni Group
NIC Asia

चेन्‍नईका लागि फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले १ चौका र ७ छक्काको सहयोगमा ७२ रन बनाए । त्यस्तै शेन वाटसनले ३३ रन बनाउँदा केदार जादबले २२ तथा महेन्द्र सिंह धोनीले २९ रनको योगदान गरे । 

बलिङतर्फ राजस्थानका लागि राहुल तेवातियाले सर्वाधिक तीन विकेट लिए । तयस्तै टोन करन, जोफ्रा आर्चर र स्रेयस गोपालले एक–एक विकेट लिए । 

Global Ime bank

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१६ रन बनायो । राजस्थानका लागि सञ्जु श्यामसन र स्टिभ स्मिथले अर्धशतकिय पारी खेले । ३२ बल खेलेका उनले १ चौका र ६ छक्काको सहयोगमा ७६ रन बनाए । ४७ बल खेलेका स्मितले ४ चौका र ४ छक्काको सहयोगमा ६९ रन बनाउन सफल भए । 

राजस्थानका लागि जोर्फा आर्चरले २७ रन बनाउँदा राहुल तेवतियाले १० रन बनाए । बलिङतर्फ चेन्नईका लागि श्याम करनले तीन विकेट लिए । त्यस्तै दीपक चहाल, लुङ्गी एन्गिडी र पिउस चाहोलाले एक–एक विकेट लिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  २३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय