site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
च्याम्पियन्स लिग : ‘हेड टु हेड’मा बार्सिलोनाभन्दा वायर्न बलियो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

एजेन्सी । च्याम्पियन्स लिग फुटबलअन्तर्गत आज (शुक्रबार) राति स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब वायर्न म्युनिख प्रतिस्पर्धा गर्दै छन् । पर्चुगलमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बाट सुरु हुनेछ ।

यो सिजन वायर्न तुलनात्मक रुपमा बार्सिलोनाभन्दा बलियो छ । बार्सिलोना र वायर्नले खेलेका पछिल्ला १० खेलमा पनि वायर्न नै बलियो साबित भएको छ । जर्मन च्याम्पियन क्लबले यो सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने योजना बनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बार्सिलोना र वायर्न युरोपियन प्रतिस्पर्धामा १० पटक भिडेका छन् । जसमा वायर्नले ६ जित निकालेको छ । बार्सिलोनाले भने जम्मा दुई जित निकालेको छ । र दुई टोलीबीचका दुई खेल बराबरीमा रोकिएका छन् ।

सन् २०१४-१५ को सिजनमा बार्सिलोनाले वायर्नलाई सेमिफाइनल राउन्डबाट आउट गरेको थियो । उक्त सिजन बार्सिलोनाले च्याम्पियन्स लिगको उपाधि पनि जितेको थियो । त्यस्तै वायर्नले बार्सिलोनालाई सन् २०१२-१३ को सिजन सेमिफाइनलबाट आउट गराएको थियो । उक्त सिजन वायर्नले उपाधि जितेको थियो ।

Royal Enfield Island Ad

बार्सिलोना र वायर्न सन् २००८-०९ को सिजन पनि भिडेका थिए । जसमा बार्सिलोनाले जित हात पारेको थियो । पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको बार्सिलोनाले दोस्रो लेगमा ४-० गोलको जित हात पार्न सफल भयो ।

त्यसअघि सन् १९९८-१९९९ मा वायर्नले बार्सिलोनाविरुद्ध समूह चरणका दुवै लेगमा जित हात पारेको थियो । यता युरोपा लिगअन्तर्गत सन् १९९५-९६ को सिजन बर्यानले बार्सिलोनाविरुद्ध जित हात पारेको थियो । पहिलो लेगमा २-१ गोलको जित हात पारेको वायर्नले दोस्रो लेगमा भने २-२ गोलको बराबरी खेलेको थियो । वायर्न अघिल्लो चरणमा प्रवेश गरेको थियो ।
 
आजको खेलमा पनि वायर्न बार्सिलोनाभन्दा बलियो नै देखिने अनुमान गरिएको छ । वायर्नको पछिल्ला खेलहरुको नतिजा र बार्सिलोनाका पछिल्लो खेलका नतिजा हेर्दा वायर्न बलियो अवस्थामा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro