नेपालको सन्दर्भमा पछिल्लो समय बियरको बिक्री अत्यन्त घटेको छ । करिब ४० प्रतिशतको हाराहारीमा मात्रै बिक्री भइरहेको छ । होटल खुल्दा र पार्टीहरूमा बियर धेरै बिक्ने हो । जति बियरको बिक्री घटेको छ त्यति अन्य मदिराको घटेको छैन ।
रोजगारीतर्फ टाइगर ब्रुअरीले मात्रै प्रत्यक्ष करिब १५ सय जनालाई रोजगारी दिइरहेको छ । नेपालमा सञ्चालनमा रहेका सबै बियर उद्योगले प्रत्यक्ष रूपमा करिब ४० हजार जनालाई रोजगारी दिएका छन् । यस्तै बियर उद्योगले मात्रै वार्षिक अर्बौं रुपैयाँ राजस्व सरकालाई बुझाउने गरेको छ ।
रोजगारी सिर्जना र सरकारलाई यति ठूलो राजस्व बुझाउने बियर उद्योगलाई राज्यले बुझेर हो अथवा नबुझेरै हो उपेक्षा गरेको जस्तो लाग्छ । राज्यले नबुझेर पनि कसरी भन्ने कोभिड १९ को प्रभावित क्षेत्र यो उद्योग पनि हो । यसलाई पनि अन्य व्यवसायसँगै अगाडि लिएर जानुपर्छ भन्नुपथ्र्याे, तर राज्यले अति आवश्यक व्यवसायमा नपर्ने भनेर बियर उद्योगलाई चलाउन दिएन । यसले गर्दा राज्यलाई पनि ठूलो क्षति भयो भने उद्योगीले पनि ठूलो क्षति व्यहोनुपर्यो ।
मदिरा सेवनकर्ताले पनि बजारमा नपाएपछि ब्ल्याकमा किन्न खोजे र त्यसरी पनि नपाएपछि घरमै उत्पादित सेवन गरे । घरमा उत्पादन गरेको मदिरा जसको, नापतौल नै हुँदैन, त्यसको सेवन गर्नेको स्वास्थ्यमा ठूलो असर पा¥यो । राज्यले नसोच्दा हामी ठूलो मारमा पर्यौं । बैंक तथा वित्तीय संस्थाले पनि मदिरा उद्योगलाई छुट सुविधा दिनु हुन्न भनेर नकारात्मक रूपमा राखिदिनुभयो । जबकि हामी स्वदेशी उद्योगी हो, स्वदेशमा बनेको हो, स्वदेशकै व्यवसाय गरेको हो । स्वदेशकै व्यवसाय हुँदाहुँदै पनि हामी प्राथमिकतामा परेनौं, यो दुःख लाग्दो विषय हो । बियर उद्योगमा ५० अर्बभन्दा बढीको लगानी छ ।
सकारात्मक पाटो
विदेशी बियर नेपालमा ल्याउँदा सरकारले गरेको पोजेटिभ पाटो ट्याक्स बढी लगाउँदा महँगो पर्न जान्छ । जसले गर्दा विदेशी बियरले नेपाली बियरसँग त्यति प्रतिस्पर्धा गरेको अवस्था छैन । तर प्रतिस्पर्धा विदेशी ब्रान्ड लिएर स्वदेशी उत्पादकले उत्पादन गरेपछि विदेशीले रोयल्टी लैजाने भए । विदेशी बियरको ब्रान्ड (नाम) प्रयोग गरेबापत नेपालबाट वार्षिक १०/१२ अर्ब रोयल्टी बाहिर जान्छ । त्यो हामीले गुमाइरहेका छौं, त्यसमा सरकारले ध्यान पुर्याउनुपर्छ । जसले विदेशी ब्रान्ड प्रयोग गरेर उत्पादन गर्छ त्यसमा कर बढाउनुपर्नेमा त्यसमा सरकारले ध्यान पुर्याउन सकेको छैन । बियरको ब्रान्ड विदेशी र स्वेदेशी जुन भए पनि एकै किसिमले बन्ने हो । त्यसमा केही पनि फरक हुँदैन ।
बियर उत्पादनका लागि हामीलाई लाइसेन्स दिनुभयो । लाइसेन्ससँगै राज्यले हामीलाई उत्पादन क्षमता पनि तोकिदिएको छ । तर राज्यले हामीलाई बजार खोल्दिनुपर्ने हो, त्यो हुन सकेको छैन । हामीले भारतमा अर्बौं रुपैयाँको बियर निर्यात गर्थ्यौं । तर, भारतले एकतर्फी रूपमा बियर आयात गर्दा भन्सार शुल्क लाग्ने बनायो । सन् १९९६ को सन्धिमा बियर भारतमा लैजाँदा भन्सार शुल्क नलाग्ने भनेर नेपाल–भारतबीच सम्झौता भएको थियो । त्यो सम्झौतापछि युनाइटेड ब्रुअरी हेटौंडाबाट ३५०० ट्रक बियर भारत पठाएका थियौं । तर, सन् २०१० मा आएर भारतले एकतर्फी रूपमा नेपालबाट बियर ल्याउन नपाउने भनेका कारण अहिले भारतमा बियर निकासी गर्दा भारतले भन्सार शुल्क लगाएको छ । यो एकतर्फी रूपमा हुँदैन दुईतर्फी हुनुपर्छ भनेर नेपाल सरकारलाई बारम्बारभन्दा पनि सरकार जाग्न सकेन ।
नेपाल सरकारका तर्फबाट भारतसँग त्यो सम्झौता गर्न चाहेन र सकेन पनि । यदि सम्झौता भएको थियो भने नेपालमा खपत हुनेभन्दा दुई गुणा बढी बियर भारत निकासी गथ्र्यौं, अर्बौं रकम लिएर आउँथ्यौं । यसले नेपालको व्यापार घाटा कम गर्न पनि सहयोग पुर्याउँथ्यो ।
राज्यले कसरी हेर्नुपर्छ
स्वदेशी लगानी र उत्पादन छ भने सबै स्वदेशीको हितमा छ भने, अन्यले जे–जे सुविधा पाएका छन् त्यो हामीले पनि पाउनुपर्छ । स्वदेशी ब्रान्ड र स्वेदशीले नै लगानी गरेका छौं, विदेशीको लगानी पनि ल्याएका छैनौं भने के–के सुहलियत दिने गरिएको छ, त्यो हामीले पनि पाउनुपर्छ । जस्तै ब्याजदरमा २ प्रतिशत छुट भनेर आयो । त्यो हामीले पनि पाउनुपर्छ । यसलाई पनि अन्य व्यवसायसरह हेर्नुपर्छ ।
(प्रस्तुति : हिमाल पौडेल/विजय पराजुली)