देश
![प्रहरीलाई हातपात गरेको आरोपमा पक्राउ](https://12khari.top/uploads/posts/2020-07-26_Pakrau-arest2.jpg)
सल्यान । सल्यानमा प्रहरीमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
बागचौर नगरपालिका २ स्थित सडकमा अस्थायी प्रहरी पोस्ट बागचौरबाट खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका खरिबोट बस्ने २७ वर्षीय ईश्वर भण्डारी र २३ वर्षीय दोर्ण गिरी पक्राउ परेका हुन् ।
गिरीले चलाएको रा.४प २८१२ नम्बरको मोटरसाइकलमा सवार भण्डारीले मादक पदार्थ सेवन गरी दाङबाट बागचौर नगरपालिकातर्फ जाँदै गरेको लु.२च १२०५ नम्बरको जिप चालकलाई दुर्व्यवहार गरी गाडीको चाबी समेत खोसेका थिए ।
घटनाबारे प्रहरीले सोधपुछ गर्ने क्रममा प्रहरी कर्मचारीहरूलाई समेत हातपात गरेपछि इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७ १४:१४
प्रतिक्रिया दिनुहोस्