site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पाकिस्तानी सेयर बजारमा गोली चल्यो 
Sarbottam CementSarbottam Cement

इस्लामावाद । कराँचीस्थित पाकिस्तानी सेयर बजारमा चार बन्दुकधारीले गोली चलाएका छन् । जसमा बन्दुकधारीसहित सातजनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

बीबीसीका अनुसार सोमबार बिहान १० बजे गोली चलाइएको थियो । बन्दुकधारी पार्किङ क्षेत्रबाट सेयर बजारको भवनमा प्रवेश गरेका थिए । उनीहरुले बाटो बनाएर भित्र छिर्न ग्रिनेड विस्फोट गराएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कोठाभित्र फसेकाहरुलाई उद्धार गरेर बाहिर निकालिएको छ भने सुरक्षाकर्मीले घटनाको अनुसन्धान सुरु गरिसकेका छन् । बलुच लिब्रेसन आर्मीले उक्त घटनाको जिम्मेवारी लिएका छन् । 

जातिवादी समूह बलुचले लामो समयदेखि छुट्टै भूमिको माग गर्दै विद्रोह गरिरहेका छन् । उनीहरुले पाकिस्तानको बलुचिस्तान प्रान्तका लागि पाकिस्तानको स्रोतसाधनको ठूलो हिस्सा दिनुपर्नेसमेत माग गरेका छन् । 

Global Ime bank

पाकिस्तानले लामो समयदेखि इस्लामिक समूहले हिंसात्मक विद्रोहको सामना गरेको छ । तर, यस्तो आक्रमण भने लामो समयपछि आज भएको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement