देश
काठमाडौं । कालीकोटको जितेबाट रासकोट जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ ।
३९ जना यात्रु बोकेको टिपर कर्णालीमा खसेको हो । कालीकोटको नरहरीनाथ गाउँपालिकाबाट रासकोट जाँदै गरेको ना ८ ख ५१३३ नम्बर टिपर कर्णालीमा खसेको थियो । टिपरमा ३९ जना रहेको बताइएको छ । त्यसमध्ये केही व्यक्ति बाटोमा ओर्लिएका थिए ।
दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । टिपरमा चढेकामध्ये २७ जना सम्पर्कमा आएका छन् भने दुर्घटनामा परेका चारजनाको अवस्था गम्भीर रहेको कर्णाली प्रदेशका डीआईजी वसन्तकुमार पन्तले जानकारी दिए ।
३९ यात्रु चढेको टिपर कर्णालीमा खस्यो, २ को मृत्यु ६ बेपत्ता
प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७ १२:३०
प्रतिक्रिया दिनुहोस्