site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सडक मजदुरले ८ महिनादेखि तलब पाएनन् 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बैतडी । बैतडीमा सडक मजदुर (लेन्थवर्कर) ले विगत आठ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । जिल्लाको पाटन-पञ्चेश्वर सडकमा काम गर्ने लेन्थवर्करहरुले गएको असोज महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् ।
 
सो सडकमा काम गर्ने १२ जना मजदुरले तलब नपाउँदा दैनिक छाक टार्न मुस्किल भएको बताएका छन् । बर्षौँदेखि आफूहरु सडकमा काम गर्दै आएका तर पाटन पञ्चेश्वर सडक प्रदेश सरकारअन्तर्गत रहेपछि आफूहरुलाई तलब खान मुस्किल भएको मजदुर जयराम भुलले बताए । उनले भने, “सडकमै काम गरेर परिवार पाल्ने जोहो गरिरहेको भए पनि पछिल्ला आठ महिनायता तलब नपाउँदा समस्या भएको छ ।”
 
आफूहरुले काम गरेको तलब नपाउँदा घरपरिवार चलाउन मुस्किल भएको मजदुर लक्ष्मी दमाइले बताए । उनले भने, “तलबबिनै काम गर्नुपर्दा घरपरिवार चलाउन समस्या भएको छ ।” 
सो सडकमा काम गर्ने लेन्थवर्करहरुलाई तलब खुवाउनका लागि प्रदेश सरकारका मन्त्री, सांसदहरुले आश्वासन दिएका भए पनि उनीहरुले तलब पाउन सकेका छैनन् ।

लेन्थवर्करहरुसँग कुनै सम्झौता नभएको र यो विषयमा मन्त्रालयले पनि केही निर्णय नगरेकाले उनीहरुलाई तलब खुवाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगत्प्रसाद जोशीले बताए । “यसअघि नै उनीहरुलाई काम नगर्न भनिसकेको छु”, उनले भने, “साउनदेखि असोजसम्मको तलब पनि सो सडकमा काम गरिरहेको निर्माण कम्पनीमार्फत मिलाएको हो ।”  

पाटन-पञ्चेश्वर सडकमा काम गर्ने लेन्थवर्करहरुको फाइल मन्त्रालयमा पुगेको भए पनि अहिलेसम्म कुनै निर्णय हुनसकेको छैन । वर्षौँदेखि सोही सडकमा काम गरिरहेकाले आफूहरुलाई रोजीरोटीबाट नहटाउन लेन्थवर्करले माग गर्दै आएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement