site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउनमा पनि खोप सञ्चालन
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौंको पिङ्गलास्थानस्थित रामघाट प्राथमिक स्वास्थ्य केन्द्रले लकडाउनको अवस्थामा पनि तालिकाअनुसारको खोप कार्यक्रमलाई निरन्तरता दिएको छ ।

प्रत्येक बुधबारको दिन नियमित लागाउँदै आएको खोप कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेपछि रोकिएको थियो । तर अहिले स्वास्थ्य केन्द्रले सुरक्षाका प्रबन्ध मिलाएर नियमित खोपलाई निरन्तरता दिएको हो । 

Agni Group
NIC Asia

स्वास्थ्य केन्द्रकी जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी साहले लकडाउनको समय र कोरोना संक्रमणको जोखिम भएको अवस्थामा संक्रमण नहोस् भन्ने विषयलाई ध्यान दिँदै खोप कार्यक्रम सञ्चालन गरिएको बताए । 

उनले संक्रमण हुन नदिन सामाजिक दूरी कायम गरिएको र स्वास्थ्य उपकरण सामग्रीहरूको प्रयोगमा समेत सचेतना अपनाइएको बताए । आज बुधबार मात्रै ३४ बालबालिकालाई खोप दिइएको उनले बताइन् ।

Global Ime bank

राष्ट्रिय खोप तालिकाअनुसार शिशु जन्मनेबित्तिकै बीसीजी, ६ साता र १० सातामा डीपीटी, हेपटाइटिस बी–हिब, पोलियो र पीसीभी, १४ सातामा डीपीटी, हेपटाइटिस बी–हिब, पोलियो र आईपीभीको खोप लगाउनुपर्छ । यस्तै बच्चा जन्मेको ९ महिनामा पीसीभी, दादुरा रुबेला, १२ महिनामा जापानिज इन्सेफलाइटिस र १५ महिनामा दादुरा रुबेलाको खोप लगाउनुपर्ने तालिका छ । 
प्रतिकात्मक तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu