site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरेन्द्रनगर क्‍वारेन्टाइनका १८३ घर फिर्ता
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सुर्खेत । वीरेन्द्रनगर खुलामञ्‍चमा रहेको क्‍वारेन्टाइन (निगरानी कक्ष) मा बसेका व्यक्तिको ‘थ्रोट स्वाब’ परीक्षणमा कोरोना सङ्क्रमण नदेखिएपछि घर पठाइएको छ । क्‍वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना सङ्क्रमण परीक्षणमा नतिजा ‘नेगेटिभ’ आएपछि शनिबार १८३ जनालाई घर पठाइएको हो । 

खुलामञ्‍च क्‍वारेन्टाइनमा बसेका १८८ मध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी छ । क्‍वारेन्टाइनको कमान्ड गरिरहेका उत्तरपश्चिम पृतनाका सहसेनानी दयाराम ढकालले सुर्खेतका १७ जनालाई शुक्रबार तथा अन्यलाई शनिबार बिदाइ गरिएको जानकारी दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सेनाको व्यवस्थापनमा प्रदेश सरकारले सञ्चालन गरेको क्‍वारेन्टाइनमा यही चैत १५ देखि सुर्खेतका ५७, दैलेखका ८७, कालीकोटका ७, जाजरकोटका २०, जुम्लाका १६ र अछामका एक गरी १८८ जना बसेका थिए । क्‍वारेन्टाइन सञ्चालनमा आउनुअघि उनीहरुलाई चार दिनसम्म होटल, विद्यालय र गैरसरकारी संस्थाको छात्रावासमा राखिएको थियो । उनीहरु सबै भारतबाट फर्किएका हुन् ।

क्‍वारेन्टाइनको १९ दिन बसाइ सकेर फर्कँदै गर्दा उनीहरु खुसी भएका थिए । सुर्खेतको चौकुने गाउँपालिका ७ का केशव विकले क्‍वारेन्टाइन बसाइ राम्रो भएको बताए । “सुरुसुरुमा जेलका रूपमा बुझेका थियौँ, हाम्रै सुरक्षाका लागि रहेछ स्वास्थ्य परीक्षण पनि भयो,” उनले भने, अब त गाउँ जाँदा पनि ढुक्क भइयो ।” नेपाल-भारत सीमाक्षेत्रमा अलपत्र पर्दा सरकारले उद्धार गरी सुरक्षित राखेकामा उहाँले खुशी व्यक्त गरे ।
 
दैलेख, दुल्लु नगरपालिकाकी विष्ना विष्टले कोरोनाको त्रास हटेको बताइन् । “भारतबाट आएकाले कतै आफूमा कोरोना छ कि भन्ने त्रास थियो, परीक्षण गर्दा आशंका मेटियो, अब ढुक्क भइयो,” उनले भनिन् । विष्ट भारतको सुरतबाट आएकी हुन् । -रासस

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro