site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नयाँ ग्यास सिलिन्डर बिक्री नगर्न उद्योगी-व्यवसायीको आग्रह 
SkywellSkywell

काठमाडौं । नयाँ ग्यास सिलिन्डर बिक्री नगर्न बिक्रेतालाई नेपाल एलपि ग्यास उद्योग संघ र ग्यास बिक्रेता महासंघले आग्रह गरेका छन् । 

बजारमा ग्यासको अभाव बढ्दै गएपछि संघ र महासंघले सोमबार संयुक्त पत्रकार सम्मेलन गरी खाली सिलिन्डरबाहेक नयाँ सिलिन्डर बिक्री नगर्न आग्रह गरेको हो । 

Dabur Nepal
NIC Asia

हाल बजारमा मागभन्दा बढी ग्यास आए पनि बिक्री वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सहजरुपमा ग्यास बजारमा नगए कारबाही गर्ने चेतावनी दिएपछि उनीहरुले यस्तो आग्रह गरेका हुन् । 

ग्यास बिक्री वितरणको क्रममा उपभोक्तासँग घरमा भएको खालि सिलिन्डरलाई मात्र ग्यास दिन नयाँ सिलिन्डर बिक्री वितरण नगराउन आग्रह गर्दै नयाँ सिलिन्डर बिक्री गरिए कारबाही गर्ने चेतावनी पनि उनीहरुले दिएका छन् । 

कोरोना भाइरसको असर नेपालमा पनि पर्न सक्न‍े भन्दै उपभोक्ताहरुले ग्यास अभाव हुने डरले आफूसँग रहेको खालि सिलिन्डरहरु भर्न बिक्रेताकोमा आएकोले एक्कासी ग्यास अभाव भएको संघ र महासंघले जनाएका छन् । 

संघ र महासंघ आपूर्ती व्यवस्थालाई सहज बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनीहरुले भनेका छन्, "यस घडीमा हामी आम उपभोक्ताको हितलाई ध्यानमा राखि विगतका दिनमाजस्तै नेपाल सरकार तथा सरोकारवाला निकायहरुसमेतको सहयोगमा आपूर्ती व्यवस्था सहज राख्‍न प्रतिबद्ध छौं ।" 

एलपि ग्‍यासजस्तो अति प्रज्वलनशील पदार्थलाई आवश्यकताभन्दा बढी सञ्‍चय नगर्न पनि आग्रह गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro