site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
४० करोडको लगानीमा औषधि उद्योग स्थापना हुँदै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

दमौली । तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्विटिकल्स प्रालिले  औषधि उद्योग स्थापना गर्ने भएको छ ।   

सो प्रालिका अध्यक्ष कालीदास पौडेलले रु ४० करोडको लागतमा उद्योग स्थापना गर्न लागेको जानकारी दिए । उनका अनुसार भवन दुई वर्षभित्रमा सम्पन्न हुनेछ । ४८ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगले सोही भवनबाट पूर्णरुपमा औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ । “उद्योगबाट ३० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखेका छौँ”, उनले भने, “निर्धारित समयमा नै उद्योग भवन निर्माण सम्पन्न गरिनेछ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

उक्त भवनको बुधबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शिलान्यास गर्दै उद्योगमैत्री वातावरण सिर्जना गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । पछिल्लो समय व्यास नगरपालिकाभित्र विभिन्न उत्पादनमूलक उद्योगहरुको दर्ता हुने क्रम बढ्दै गएकाले नगरपालिकाभित्र उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायीलाई नगरपालिकाले सहयोग गर्दै आएको उनले जानकारी दिए ।

व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले उद्योगले स्थानीयवासीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । रासस

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  २३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro