site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालसहित १४ देशका कामदार कतार जानबाट रोकिए
Siddhartha BankSiddhartha Bank

काठमाडौं । कतारले नेपालसहित १४ देशका कामदार कतार प्रवेशमा रोक लगाएपछि त्यहाँस्थित नेपाली दूतावासले पनि सकेसम्म एक आपसमा भेटघाट नगर्न नेपाली समूदायलाई अपिल गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै दूतावासले भनेको छ–“कतार सरकारले अपनाएको सतर्कता र संवेदनशीलतालाई मध्यनजर गर्दै अत्यावश्यक अवस्थामा बाहेक भेटघाट वा भौतिक सम्पर्क नराख्नुहुन र एक आपसमा टेलिफोन वा इमेलमार्फत सम्पर्क गर्नुहुन अनुरोध छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि कतारले नेपालसहित १४ देशका यात्रुमाथि रोक लगाएको थियो ।

कोरोना संक्रमण नियन्त्रणको पूर्वसावधानीस्वरुप नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाइएको थियो ।

Global Ime bank

कतारले चीन, इजिप्ट, भारत इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रील‌ंका, सिरिया र थाइल्यान्डका यात्रु प्रवेशमा रोक लगाएको छ । 

कतारले इटाली उड्‍ने र त्यहाँबाट आउने सम्पूर्ण फ्लाइट्‍मासमेत प्रतिबन्ध लगाएको छ । 

कतारमा हालसम्म कोरोनाका १५ संक्रमित भेटिएका छन् । आइतबारमात्रै कतारमा तीन संक्रमित थपिएका थिए । 

नेपालले पनि चीन, जापान, दक्षिण कोरिया, इरान, इटालीलगायतका कोरोना बढी प्रभावित मुलुकका नागरिकलाई नेपाल आउँदा कोरोना जाँचको प्रमाणपत्र देखाउनुपर्ने प्रावधान लागु गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  ०७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement