site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 कतारद्वारा नेपालसहित १४ मुलुकका यात्रुमाथि रोक 
Siddhartha BankSiddhartha Bank

कायरो । कतारले नेपालसहित १४ मुलुकका यात्रु प्रवेशमा रोक लगाएको छ । कतारले मार्च ९ अर्थात आजदेखि कोरोना संक्रमण नियन्त्रणको पूर्वसावधानी स्वरुप नेपालसहितका १४ मुलुकका यात्रुलाई प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको हो । 

कतारले चीन, इजिप्ट, भारत इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रील‌ंका, सिरिया र थाइल्यान्डका यात्रु प्रवेशमा रोक लगाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कतारले इटाली उड्‍ने र त्यहाँबाट आउने सम्पूर्ण फ्लाइट्‍मासमेत प्रतिबन्ध लगाएको छ ।  कतारमा हालसम्म कोरोनाका १५ संक्रमित भेटिएका छन् । आइतबारमात्रै कतारमा तीन संक्रमित थपिएका थिए । 

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ सयभन्दा बढी पुगेको छ ।  नेपाल सरकारले नेपालमा कोरोना संक्रमित नभएको दाबी गरे पनि विश्व स्वास्थ्य संगठनको सूचीमा नेपालमा एकजना कोरोना संक्रमित भएको जनाइएको छ । 

Global Ime bank

नेपाले पनि चीन, जापान, दक्षिण कोरिया, इरान, इटालीलगायतका कोरोना बढी प्रभावित मुलुकका नागरिकलाई नेपाल आउँदा कोरोना जाँचको प्रमाणपत्र देखाउनुपर्ने प्रावधान लागु गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement