एजेन्सी । वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता वायर्नले आइतबार राति भएको खेलमा एफसी कोल्नलाई ४–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
कोल्नको घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन सर्जि ग्यानबेरीले दुई गोल गरे । त्यस्तै रोबर्टो लेवान्डोस्की र किङ्न्सले कोमानले एक–एक गोल गरे ।
वायर्नले १२ मिनेटको समयमा तीन गोल गर्न सफल भएको थियो । खेलको तेस्रो मिनेटमा गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । पाँचौं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै वायर्नलाई २–० गोलको अग्रता दिलाए । १२ औँ मिनेटमा सेर्गी गान्ब्रीले वायर्नका लागि तेस्रो गोल गरे । ६६ औँ मिनेटमा सेर्गीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई ४–० ले अघि लिए । उता कोल्नका लागि ७० औँ मिनेटमा मार्कले फर्काएपनि वायर्नले ४–१ को जित निकाल्न सफल भयो ।
जितसँगै वायर्नले २२ खेलबाट ४६ अंक जोड्दै शीर्ष स्थानमा उक्लियो । पराजित कोल्न २३ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।