अर्थ व्यवसाय
काठमाडौं । वेस्टर्न युनियनले उपभोक्ता प्रबद्र्धन योजना अन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ । वेस्टर्न युनियनको लक्की ड्रबाट पम्पर जितेका महेन्द्र कुमार लामालाई कम्पनीले १० लाख प्रदान गरेको छ ।
दशैं, तिहार र छठ पर्वको अवसरमा सेप्टेम्बरमा सार्वजनिक गरिएको यो उपहार योजनामा ग्राहकहरुले हरेक हप्ता आफुले प्राप्त गरेको रकमको दोब्बर (बढिमा रु ५०,००० सम्म) जित्ने अवसर पाएका थिए ।
प्रबर्द्धन अवधिभरिका सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेता कारोबार बाहेक) लाई स्वाचालित रुपमा बम्बर लक्की ड्रमा समावेश गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६ १८:०५
प्रतिक्रिया दिनुहोस्