एजेन्सी । वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा साविकको विजेता टोली वायर्नले मैन्जलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
मैन्जको मैदानमा भएको खेलमा वयार्नलाई जित दिलाउन खेलको आठौं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएका थिए । थोमस मुलरले १४ औँ मिनेटमा गोल गर्दै वायर्नको अग्रता दोब्बर पारे ।
२६ औँ मिनेटमा थियागोले गोल गर्दै वायर्नलाई ३–० को अग्रता दिलाए । ४५ औँ मैन्जका लागि जेरिमिहा जुस्टेले गोल गर्दा पहिलो हाफ ३–१ ले सकियो ।
दोस्रो हाफमा भने दुवै टोलीले गोल गर्न सकेनन् । जितसँगै वायर्नले २० खेलमा ४२ अंक जोड्दै शीर्ष स्थानका उक्लेको छ । १८ अंक जोडेको मैन्ज १५ औं स्थानमा रहेको छ ।