site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यसरी परिवर्तन हुँदैछ मतदाताको ठेगाना, तपाईँ मतदान गर्न योग्य कि अयोग्य ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निर्वाचन आयोगले चैत २० गतेसम्म स्थानीय तहको निर्वाचनमा भाग लिने मतदातको नामावलीलाई अन्तिम रुप दिनेगरी धमाधम काम गरिरहेको छ । निर्वाचन आयोगका एक अधिकारीकाअनुसार १ करोड ४० लाख मतदाता पुग्ने आयोगले अनुमान गरे पनि संख्या १ करोड ३८ लाख नजिक हुन सक्नेछ । 
निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा प्राविधिकहरुले नयाँ स्थानीय तहको संरचनाअनुसार मतदातको नाम परिवर्तन गरिरहेको छ । 
आयोगले दिएको जानकारीअनुसार मतदाताको नामावली वडा र मतदान केन्द्रअनुसार मिलाउने काम भइरहेको छ ।  स्थानीय तहमा हाल ६ हजार ६ सय ८३ वडा कायम गरिएको छ । सोही अनुसार मतदातको नामावलीलाई अन्तिम रुप दिने तयारी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । 
आयोगले निर्वाचनको मिति घोषणा भएको दिनसम्म १८ वर्ष उमेर पुगेको र मतदाता नामावलीमा नाम भएका व्यक्ति निर्वाचनमा भाग लिन योग्य हुने जनाएको छ । 
आयोगले मतदाताको जिल्ला, स्थानीय तह, वडा र मतदाता केन्द्र रहने गरी अध्यावधिक गरिरहेको हो ।  यसअघि जिल्ला, गाविस वा नगरपालिका, वडा र मतदानकेन्द्र अनुसार मतदाताको नामवली राख्दै आएको थियो । 
मतदातको ठेगानाको नाम परिमार्जनको काम चलिरहे पनि अहिलेसम्म पुरानै स्थानीय निकायको साविक ठेगानाअनुसार आफ्नो र आफ्नो वडाको मतदाता नामावली छ वा छैन हेर्न सकिनेछ । 

आफ्नो मतदाता नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC