site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
एमाले र मोर्चासँग सहमति नजिक 
Sarbottam CementSarbottam Cement

शुक्रबार काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाले संविधान संशोधनको विवादित मुद्दामा सहमति जुटाउन दलहरू एकजुट हुन लागेको कुरालाई मुख्य महत्त्व दिँदै समाचार लेखेका छन् । यसै विषयमा आधारित रही नयाँ पत्रिका दैनिकले ‘एमाले र मोर्चासँग सहमतिको संकेत’ शीर्षकमा समाचार लेखेको छ ।

समाचारमा संविधान संशोधनको प्रस्तावका विषयमा कार्यदलले छलफल गरेर निष्कर्ष निकाल्ने र प्रधानमन्त्री चीनबाट फर्केपछि निर्णय गर्नेबारेमा सत्तारूढ दल, प्रतिपक्षी एमाले र मधेसी मोर्चाबीच सहमति भएको कुरालाई प्रमुखतासाथ उठाइएको छ । 

सोही समाचारअन्तर्गत ६४ जिल्लामा मतदानस्थल तय भएको र १२ जिल्लाको मतपत्र छापिसकिएको कुरा पनि उल्लेख छ । यसै विषयलाई नागरिक दैनिकले ‘सीमांकन विवाद टुग्यांउन आयोग बनाइने’ शीर्षक राखेर मुख्य समाचार बनाएको छ । हिमालय टाइम्सले चाहिँ सोही समाचारलाई ‘भ्रमणअघि सहमति जुटाउने प्रयास असफल’ शीर्षक दिएर प्रस्तुत गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अन्नपूर्ण पोस्टले ‘सहमति प्रयास थाती’ शीर्षक दिएको छ भने राजधानीले यसलाई ‘सत्तारूढ–एमाले–मोर्चा बैठक, चुनावका लागि मिलेरै निकास दिने सहमति’ शीर्षक दिएर सम्प्रेषित गरेको छ ।
गोरखापत्रले सोही समाचारलाई ‘प्रमद्वारा प्रस्ताव’ शीर्षक छोटो समाचारका रूपमा प्रस्तुत गरेको छ । कान्तिपुरले भने उक्त समाचारलाई ‘सीमांकन थाती राखे सहमति हुन्छ’ शीर्षक दिएर तेस्रो पृष्ठमा समेटेको छ ।  

प्रधानन्यायाधीशलाई परमादेश
आजका केही पत्रिकाले यो समाचारसमेत प्रमुखतासाथ प्रकाशित गरेका छन् । यसबारे ‘प्रधानन्यायाधीश कार्कीलाई परमादेश’ शीर्षक राखेर नागरिक दैनिकले छोटो समाचार लेखेको छ भने अन्नपूर्ण पोस्टले यसलाई तीन कोलमको प्रमुख समाचार बनाएको छ । 

Global Ime bank

यो समाचारलाई राजधानी दैनिकले ‘संवैधानिक इजलास तत्काल गठन गर्न आदेश’ शीर्षक राखी छोटो रूपमा र गोरखापत्रले ‘संवैधानिक इजलासलाई पूर्णता देऊ : सर्वोच्च’ शीर्षक राखेर तीन कोलममा प्रस्तुत गरेका छन् ।

समाचारअनुसार, सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश सुशीला कार्कीलाई संवैधानिक इजलासमा तत्काल न्यायाधीश तोक्न परमादेश गरेको छ ।

प्रधानमन्त्री चीनतर्फ, चिनियाँ रक्षामन्त्री नेपालमा 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साताव्यापी औपचारिक भ्रमणका क्रममा बिहीबार राति चीनतर्फ प्रस्थान गरेको र बिहीबार नै चिनियाँ रक्षामन्त्री नेपाल आइपुगेको खबरलाई आजका सबै पत्रिकाले समेटेका छन् । 

अन्नपूर्ण पोस्ट दैनिकले ‘प्रधानमन्त्री चीनतर्फ, चिनियाँ रक्षामन्त्री काठमाडौंमा’ शीर्षक दिएर प्रस्तुत गरेको छ । समाचारमा प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै लेखिएको छ, ‘‘कताकता चीनसँग अविश्वास बढेको हो कि भन्ने महसुस गरेको छु । म यो भ्रमणमा चीनसँग विश्वासको वातावरण बनाउन प्रयास गर्नेछु ।’’

एमालेको उमेदवार मापदण्ड 
आजका पत्रिकाहरूले एमालेले स्थानीय तहको निर्वाचनमा उमेदवारको मापदण्ड तोकेको र पार्टीले तय गरेको आधिकारिक उमेदवारविरुद्ध बागी बन्ने पार्टी नेता, कार्यकर्तालाई ठाउँको ठाउँ कारवाही गर्ने निर्णय गरेको समाचार सम्प्रेषित गरेका छन् । यससम्बन्धी समाचार प्रमुख रूपमा राजधानी दैनिक र गोरखापत्रमा छापिएको छ । 

जनसरोकारका समाचारहरू
आजको नागरिक दैनिकले ‘चार अर्बको गाडी किन्ने तयारी, अर्थले रोकेपछि ठाडो प्रस्ताव’ शीर्षक दिएर म्यादी प्रहरी भर्ना र सवारीसाधन खरिदका लागि अर्बौं बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेपछि गृहमन्त्रालयले यससम्बन्धी ‘ठाडो प्रस्ताव’ मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको समाचारलाई गृहमन्त्रालयसमेत सम्हालेका उपप्रधानमन्त्री विमलेन्द्र निधिको तस्वीरसहित प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकले ‘व्यापार घाटा ८ खर्ब नाघ्ने’ शीर्षकको समाचारलाई आजको मुख्य समाचार बनाएको छ । यज्ञ बञ्जाडेले लेखेको उक्त समाचारमा तीव्र रूपमा आयात बढेसँगै यो वर्ष कूल व्यापार घाटा ८ अर्ब नाघ्ने अनुमान गरिएको कुरा उल्लेख छ । 

कान्तिपुरले पहिलो पृष्ठमै जनस्वास्थ्यसँग सम्बन्धित ‘पाठेघर मुखको क्यान्सर, परीक्षण अब निःशुल्क’ शीर्षक समाचार पनि प्रस्तुत गरेको छ । 
नागरिक दैनिकले बिहीबार मार्च २३ मा पर्ने विश्व मौसम दिवसको सन्दर्भसमेत पारेर ‘दिनहुँ मडारिँदै खतरनाक बादल’ शीर्षक समाचार लेखेको छ ।

समाचारमा वरिष्ठ मौसमविद् मणिरत्न शाक्यको भनाइ उद्धृत गर्दै काठमाडौंको आकाशमा आजकाल हरेक दिन बिहान देखिने कालो बादल खतरनाक मौसमको सङ्केत भएको बताइएको छ ।
 
फोटो समीक्षा
आजको गोरखापत्र, राजधानी दैनिक र अन्नपूर्ण पोस्टले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा चिनियाँ रक्षामन्त्री चाङ वान क्वानले शिष्टाचार भेट गरेको तस्वीर मुखपृष्ठमा समेटेका छन् । आजको नागरिक दैनिकले आफ्नो मुखपृष्ठमा प्रधानमन्त्री दाहाल चीनको भ्रमणमा निस्किनुअघि बालुवाटारमा पूर्वप्रधानमन्त्री, पूर्वअर्थमन्त्रीलगायत विज्ञहरूसँग छलफल गर्दै गरेको परिदृश्य समेटेको छ ।

नयाँ पत्रिका र हिमालय टाइम्सले चाहिँ प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बेलुकी भएको विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूबीच भएको छलफलको तस्वीर छापेका छन् ।

सम्पादकीय
नागरिक दैनिकले ‘सन्देशयुक्त मतसीमा’ शीर्षक सम्पादकीय लेखेको छ । सम्पादकीय न्यूनतम मतसीमा अर्थात् थ्रेसहोल्डको सकारात्मक पक्षतिर केन्द्रित देखिन्छ । 
अन्नपूर्ण पोस्टको ‘थ्रेसहोल्ड निर्णय’ शीर्षक सम्पादकीय पनि यसै विषयमा केन्द्रित छ । पोस्टको सम्पादकीयमा भनिएको छ, ‘‘निर्वाचन पद्धतिमा जनताको अभिमत र आकारले नै दलहरूको हैसियत निर्धारण हुन्छ । त्यसैका आधारमा उनीहरूको सत्ता या प्रतिपक्षको हैसियत बन्छ । जति मत ल्याए पनि सबैको हैसियत एउटै हुनुपर्छ भन्ने मान्यता राख्नु जनअभिमतको अनादर हो ।’’
हिमालय टाइम्सले चाहिँ ‘अनुदार थ्रेसहोल्ड’ शीर्षक सम्पादकीयमा थ्रेसहोल्ड प्रणालीका बारेमा केही प्रश्नहरू उठाएको देखिन्छ ।
नयाँ पत्रिकाले ‘चीन भ्रमणमा प्रधानमन्त्री’ शीर्षक सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ, ‘‘प्रधानमन्त्री प्रचण्डको यस भ्रमणले अरू धेरै केही नगरे पनि यसबीच चीनसँग चिसिएको सम्बन्धलाई सामान्य अवस्थामा ल्याउने अपेक्षा गर्न सकिन्छ ।’’
आज कान्तिपुरले ‘बजेट दुरुपयोग रोक’ शीर्षक सम्पादकीय लेखेको छ भने राजधानीले ‘स्थानीय तहमा सक्षमलाई प्राथमिकता’ शीर्षक सम्पादकीय लेखेको छ । त्यस्तै गोरखापत्रले ‘सफलताको कामना’ शीर्षक राखेर प्रधानमन्त्रीको चीन भ्रमणको सन्दर्भलाई सम्पादकीयको विषय बनाएको छ ।  
 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  ०८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC