site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
प्रधानमन्त्री आज चीन जाँदै, चिनियाँ रक्षामन्त्री नेपाल आउँदै 
Sarbottam CementSarbottam Cement

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल सात दिने भ्रमणका लागि आज चीनतर्फ प्रस्थान गर्न लागेको समाचारलाई आजका सबैजसो दैनिक पत्रिकाले समेटेका छन् । यसै विषयमा नयाँ पत्रिका दैनिकले ‘प्रधानमन्त्री आज चीन जाने’ शीर्षकमा छोटो, तर महत्त्वपूर्ण समाचार प्रकाशित गरेको छ ।

समाचारअनुसार भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ, उपप्रधानमन्त्रीस्तरका नेता झाङ गाओलीलगायत चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेतासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तथा हाइनानमा बोआओमा आयोजित सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । नयाँ पत्रिकाले ‘‘सम्झौतामा हस्ताक्षर हुँदैन तर नेपाल तयारी अवस्थामा छ’’ भन्ने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको भनाइलाई समेत उद्धृत गरेको छ ।

उक्त समाचारमा दाहाल चीन जान लागेकै बेला चीनियाँ रक्षामन्त्री चाङ वाङक्वान आज नेपाल आउँदैगरेका पनि उल्लेख छ । 
चिनियाँ रक्षा मन्त्री आजै दिउँसो नेपाल आइपुग्ने समाचारलाई नागरिकले ‘प्रधानमन्त्री आज चीन जाँदै, चीनबाट सिधा ढुवानी सस्तो र छिटो’ शीर्षकमा मुखपृष्ठको मुख्य समाचार बनाएको छ र ‘अजेन्डाबिनै भ्रमण’ उपशीर्षकमा बुधबार अपराह्न परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई उद्धृत गर्दै छोटो टिप्पणीसमेत गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसै समाचारलाई गोरखापत्रले ‘प्रधानमन्त्री आज चीन जानुहुँदै’ शीर्षकमा निकै महत्त्वका साथ समेटेको छ भने अन्नपूर्ण पोस्टले यो समाचारलाई ‘प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता नहुने’ शीर्षक दिएर तेस्रो पेजमा प्रस्तुत गरेको छ ।

राजधानीले ‘प्रधानमन्त्री दाहालको चीन भ्रमण औपचारिकतामै सीमित’ शीर्षकमा यो समाचार प्रस्तुत गरेको छ भने कान्तिपुरले परराष्ट्रमन्त्रीको भनाइ उद्धृत गर्दै ‘प्रधानमन्त्रीको चीन भ्रमण फलदायी हुनेछ’ शीर्षक दिएर सामान्यरूपमा प्रस्तुत गरेको छ ।

Global Ime bank

मतपत्र छपाइ ‘दबाबमा’ स्थगित 
निर्वाचन आयोगले मतपत्र छपाइ कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुनः मुद्रण गर्ने निर्णय गरेको समाचारलाई आजको नागरिक दैनिकले ‘मतपत्र छपाइ दबाबमा स्थगित’ शीर्षक दिएर मुखपृष्ठमै प्रकाशित गरेको छ ।

समाचारमा जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन छुटेका केही राजनीतिक दलको दबाबमा छपाइकार्य रोकिएको लेखिएको छ । यो समाचारलाई आजका अन्य पत्रिकाले समेटेका छैनन् ।

भूकम्प पीडितलाई दोस्रो किस्ता 
आजको नयाँ पत्रिका दैनिकले ‘१६ सयले लिए दोस्रो किस्ता’ शीर्षकमा मुखपृष्ठमा समेटेको समाचारमा भूकम्पले भत्काएको घरको जग हालेर दोस्रो किस्ता रकम माग गरेकामध्ये ९० प्रतिशत भूकम्पपीडितले अनुदान पाउन नसकेको  उल्लेख गरेको छ ।

यसैसँग मिल्दोजुल्दो समाचार आजको अन्नपूर्ण पोस्टले दोस्रो पृष्ठमा ‘पुनर्निर्माणमा ५८८ अर्ब अपुग’ शीर्षक दिएर प्रकाशित गरेको छ ।

थ्रेसहोल्ड रहने नै भयो 
प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत र पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्पm एक स्थान प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने गरी हिजो व्यवस्थापिका–संसद्बाट पारित राजनीतिक दलसम्बन्धी विधेयकको समाचारलाई आजका सबैजसो पत्रिकाले अग्र महत्त्वका प्रकाशित गरेका छन् ।

यसले नेपालको राजनीतिमा देखिएका केही विकृति विसङ्गति कम हुने टिप्पणी पनि समाचारमा गरिएको छ । राजधानी दैनिकले यसै विषयसँग सम्बन्धित ‘साना दललाई राहत, संयुक्त चुनाव चिह्न’ उपशीर्षक राखेर साना राजनीतिक दलले संयुक्त चुनाव चिह्न लिएर चुनावमा भाग लिन पाउने समाचार प्रकाशित गरेको छ ।

आजका अन्य समाचारमा सीमाङ्कन थाँती राखेर अन्य विषयमा संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने माओवादी केन्द्रको निर्णय र १२ राजदूत सर्वसम्मत भएको समाचारलाई समेत अधिकांश पत्रिकाले समेटेको देखिन्छ ।

आजको हिमालय टाइम्सले वरीयता विवादले मन्त्रिपरिषद् बैठक स्थगित भएको समाचारलाई महत्त्वका साथ प्रस्तुत गरेको छ । 

तस्बिर समीक्षा 
आजको नागरिक दैनिकले २०७१ मंसिरबाट औपचारिक सञ्चालनमा आएको नेपाल–चीन सीमा रसुवागढी–केरुङ नाकास्थित चीनियाँ अध्यागमन कार्यालयको तस्बिर मुखपृष्ठमा प्रकाशित गरेको छ । यो तस्बीर प्रधानमन्त्रीको चीन भ्रमणको सन्दर्भसँग सम्बन्धित मान्न सकिन्छ । 

आजको कान्तिपुरले ‘दानवीर दम्पती’ शीर्षक मुख्य समाचारअन्तर्गत सप्तरी रामपुर जमुवा–६ का दम्पती जोगेन्द्र र ठाकोदेवी भगतको तस्बिरसहित उनीहरूले आप्mनो २ बिघा ५ कठ्ठा जग्गामा निजी खर्चमा बनाइदिएको रूपनीस्थित २० कोठाको चार तले ‘पूर्वक्षेत्रीय प्रहरी अस्पताल ठाकोदेवी जोगेन्द्र भगत भवन’ को फोटो प्रकाशित गरेको छ ।

आजको राजधानीले मुखपृष्ठको मध्यमा काठमाडौंको रानीबारीका स्थानीयवासीले पानीको जोहो गर्दै गरेको हिजोको परिदृश्य प्रस्तुत गरेको छ ।
आजको गोरखापत्रले चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री दाहालसँग बुधबार भेटेर नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पदाधिकारीले तातोपानी नाका खुलाउनका लागि माग गरेको तस्बिर प्रकाशित गरेको छ ।

आजको अन्नपूर्ण पोस्टले ‘दल घटाउन थ्रेसहोल्ड’ शीर्षकको मुख्य समाचारअन्तर्गत संसद् बैठकमा बुधबार राजनीतिक दल दर्तासम्बन्धी विधेयकको विरोधमा नाराबाजी गर्दैगरेका साना दलका सांसदहरूको विरोधप्रदर्शनको दृश्य प्रस्तुत गरेको छ । 

आजको हिमालय टाइम्सले ‘थ्रेस होल्ड पारित’ शीर्षकको मुख्य समाचारअन्तर्गत ‘विधेयक पारित गर्दै सांसदहरू’ क्याप्सन राखेर संसद्भवनभित्रको फोटो छापेको छ । 

सम्पादकीय  
आजको नागरिक दैनिकले ‘चुनावको सवारी’ शीर्षक सम्पादकीय लेखेको छ । सम्पादकीयमा निर्वाचनका नाममा हुने गरेको राष्ट्रिय स्रोत साधनको दुरुपयोगको सन्दर्भ उठाउँदै आवश्यकता र औचित्य नहेरी कुनै विशेष काम वा अवसरमा राज्य स्रोतको दोहन गर्ने अहिलेको प्रवृत्तिमा रोक लाग्नु आवश्यक रहेकोमा जोड दिइएको छ ।

कान्तिपुरले ‘थ्रेसहोल्ड कोसेढुङ्गा’ शीर्षकमा सम्पादकीय लेखेको छ । उक्त सम्पादकीयमा थ्रेसहोल्डसम्बन्धी व्यवस्थाले संसद्मा देखिने गरेका विकृति न्यून गर्दै संसदीय व्यवस्थालाई थप व्यवस्थित र मर्यादित बनाउने अपेक्षा बढाएको टिप्पणी गरिएको छ ।

यसै विषयसँग सम्बन्धित रही राजधानीले ‘राजनीति गर्न राष्ट्रिय दल बन्नै पर्दैन’ शीर्षक सम्पादकीय लेखेको छ भने अन्नपूर्ण पोस्टको ‘निर्वाचन आशङ्का’ शीर्षक सम्पादकीय पनि निर्वाचन प्रसङ्गसँगै सम्बन्धित छ । 
आजको नयाँ पत्रिकाले ‘सुरक्षित आवासको मृगतृष्णा’ शीर्षकमा राजनीतिभिन्न सामाजिक सरोकारको विषयलाई सम्पादकीयको विषयवस्तु बनाएको छ । सम्पादकीयको अन्त्यमा प्रश्न गरिएको छ – लाखौं मानिसको आवासको सपना कहिलेसम्म मृगतृष्णा बनिरहने हो ? 

गोरखापत्रले पनि सामाजिक सरोकारमै आधारित रहेर ‘परिचारिका (नर्स) का व्यथा’ शीर्षक सम्पादकीय लेखेको छ । कतिपय स्वास्थ्य संस्थामा न्यूनतम तलब नदिएर परिचारिकाहरूको श्रमशोषण गरिनुका साथै बिरामी र बिरामीका आफन्तहरूबाट दुव्र्यवहारसमेत भइरहेको सन्दर्भ उठाउँदै सम्पादकीयमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न  खोजिएको छ ।

हिमालय टाइम्सले ‘फितलो तयारीमा चीन भ्रमण’ शीर्षक राखेर आजदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमणलाई सम्पादकीयको विषयवस्तु बनाएको छ ।


   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७३  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC