देश
इटहरी । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले राजा फर्काउने प्रपञ्चस्वरुप धर्मनिरपेक्षमाथि प्रहार हुन थालेको बताएका छन् । ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घ सुनसरीले शनिबार साँझ धरानमा आयोजना गरेको ‘आदिवासी जनजातिका मुद्दा र संविधान संशोधन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्।
मन्त्री सुब्बाले विभिन्न जातजाति, धर्म र संस्कृतिले विविधतायुक्त मुलुक नेपाल कुनै पनि धर्मविशेषको राज्य हुन नसक्ने बताउँदै धर्मनिरपेक्षताले कुनै पनि धर्मको संरक्षणमा हानि नगरेको र भविष्यमा पनि नगरिने स्पष्ट पारे।
नेपाल आदिवासी जनजाति सङ्घका सभापति इन्द्रबहादुर गुरुङले आदिवासी जनजातिको विशिष्ट प्रकारको सामाजिक, आर्थिक र सांस्कृतिक मौलिक परम्परा र चरित्र भएको उल्लेखगर्दै अब बन्ने सबै सङ्घीय प्रदेशलाई बहुजातीय र समानुपातिक समावेशी सहभागितामा लाग्नुपर्ने बताए ।
नेपाल आदिवासी जनजाति सङ्घ सुनसरीका सभापति नन्दराज राईको अध्यक्षता कार्यक्रम सम्पन्न भयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३ १३:३५
प्रतिक्रिया दिनुहोस्