site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सर्वोच्चका न्यायाधीश जोशीलार्इ महाभियोग लगाउन हस्ताक्षर संकलन सुरु
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि पनि न्यायाधीशका रूपमा सर्वोच्च अदालत फर्किएका दीपकराज जोशीमाथि महाभियोग लगाउने तयारी सुरु भएको छ ।

जोशीलाई महाभियोग लगाउन नेपाल कम्युनिस्ट पार्टीका सांसदरूले हस्ताक्षर संकलन शुरू गरेका छन् । ने क पाका सांसद कृष्ण राईका अनुसार जोशीको महाभियोगका लागि हस्ताक्षर संकल शुरू भएको छ । महाभियोगको प्रस्ताव शुक्रबार दर्ता गर्ने कार्यक्रम छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महाभियोगको प्रस्ताव दर्ता गर्न एक चौथाइ सांसद (८३ जना) को हस्ताक्षर आवश्यक पर्छ । संसदमा ने क पाका २१४ जना सांसद छन् । “उनीविरुद्ध महाभियोग प्रस्ताव तयार भइसकेको छ । सांसदहरूले हस्ताक्षर गरिरहनुभएको छ, आवश्यक संख्या पुग्छ,” स्रोतले भन्यो ।

सांसदहरूले सोधेको प्रश्नको चित्तबुझ्दो जवाफ नआएको भन्दै भदौ १८ गते प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि उनी बिदामा बसेका थिए ।

Global Ime bank

त्यसपछि नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि न्यायाधीश जोशी सर्वोच्च अदालत गएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०७५  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement