site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीमा नेताहरूको कार्यविभाजन सोमबार
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यहरूको कार्यविभाजन सोमबार मात्र हुने भएको छ ।

केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउन मंसिर २६ गतेबाट सुरु भएको पार्टी स्थायी कमिटीको बैठकमा आजसम्म पार्टीको आगामी कार्ययोजनाबारे छलफल भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार आज बैठकमा नेताहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा धारणा राखेका थिए । उनले भोलि बस्ने बैठकमा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल आफ्नो धारणा राख्दै बैठक टुंग्याउने बताए ।

उनले भने, "यो बैठकमा हाम्रा मुख्यः दुई एजेण्डा छन् । एउटा, पार्टीको अगामी कार्ययोजना र अर्को एजेण्डा केन्द्रीय सदस्यहरूको कार्यविभाजन । आजसम्म हामीले पार्टीको कार्ययोजनाको बारेमा छलफल गरेका छौँ । स्थायी कमिटी सबै सदस्यहरूले लगभग बोलिसक्नु भएको छ । अब पार्टी अध्यक्ष र सहासचिवले आफ्नो धारणा राख्ने, उहाँहरूको विचारहरूप्रति स्पष्टीकरण दिने र निष्कर्षमा पुग्ने काम बाँकी छ । त्यो भोलि हुन्छ । अनि हामी कार्य विभाजनको प्रस्तावमा छलफल गर्छौँ । त्यो कार्यविभाजन भोलि सकिन्छ ।"

सोमबारको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने र पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौती लगायतको विषयमा पनि निर्णय लिने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro