site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाबुराम भट्टराईज्यू, कोरियामा आएर गफ नदिनुहोला
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
दक्षिण कोरिया । पछिल्लो समय ‘नयाँ शक्ति’को भ्रातृ संगठन ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ दक्षिण कोरियाले सिंगो कोरियालाई विभिन्न क्षेत्रमा विभाजन गरी संगठन विस्तार गरिरहेको छ । 
त्यही समाजले आउँदै गरेको कोरियन महान चाड ‘छुसक’को सार्वजनिक बिदाको दोस्रो दिन सेप्टेम्बर १५ मा पूर्वप्रधानमन्त्री र हाल नयाँ शक्तिका संयोजक तपाईं डा. बाबुराम भट्टराईलाई कोरियामा निम्त्याउँदै छ । 
तर, केही समयपहिले हालका प्रधानमन्त्री पुष्पकमल दाहालको अस्ट्रेलिया भ्रमण क्यान्सिल भएको थियो । त्यसरी नै कतै उल्टापल्टा नभएमा वा कोरिया सरकारसमक्ष हजारौं सर्वसाधारण नागरिक मारेको आरोप नपुगेमा वा हजारौं नागरिक अंगभंग हुनेगरी अपांग बनाएको आरोप नपुगेमा वा कैयन् नागरिक बेपत्ता र कैयन् बालबालिका टुहुरा बनाई सत्तामा पुगेको आरोप नपुगेमा वा देशमा द्वन्द्व सिर्जना गरी खर्बौंको सम्पत्ति क्षति गराएको आरोप नपुगेमा वा आफ्नो मुलुकभित्र कार्यरत अदक्ष आप्रवासी श्रमिकहरुलाई राजनीतिक झण्डा ओढाई यहाँको स्वतन्त्रतामाथि खलबल पुग्ने आरोप नपुगेमा तपाईंलाई कोरियाको अध्यागनम विभागले इन्ट्री दिनेछ ।
सेप्टेम्बर १६ मा राजधानी सउलस्थित एक हलमा आयोजित ‘आर्थिक विकास र समृद्ध नेपाल निर्माणमा नयाँ शक्तिको भूमिका’ विषयक भेलालाई तपाईंले सम्बोधन गर्ने कार्यक्रम छ ।
कोरियन नागरिकहरुको रातदिन खटाइले समृद्ध भएको मुलुकमा आएर तपाईंले ठूल–ठूला नारा ओकल्नुहुनेछ । चन्द्रमा नै पुग्ने आँट देखाउनुहुनेछ । केही वर्षपछि कोरियाभन्दा अगाडि बढ्ने गफ चु्ट्नुहुनेछ । विपक्षी राजनीतिक दलको खेदो खन्नुहुनेछ । वर्तमान सरकारको खुट्टा तान्नुहुनेछ । रोजीरोटीका लागि मजदुरी गर्न आएका केही युवाहरुलाई उक्साउनुहुनेछ । अनि उनीहरुलाई राजनीतिको रंग पोताउनुहुनेछ ।
तपाईंको चतुर गला देशको आर्थिक विकास र समृद्धमा भन्दा आफ्नो कार्यकर्ता बढाउनेमा बढी फोकस हुनेछ । र, तपाई आफू पुरानो भए पनि नयाँ शक्ति गठन गर्न सकेकोमा मख्ख पर्नुहुनेछ, पार्नुहुनेछ ।
भ्याएसम्म अग्ला–अग्ला भवनको छेउ, सामुन्द्रिक किनार, सफा र फराकिला सडक किनार, सुन्दर र रमणीय पार्क, व्यस्त सहर–बजार गएर फोटो खिचाउनुहुनेछ । अनि मनमनै यो देशको उच्च पदमा रहेको सपना देख्नुहुनेछ, कल्पना गर्नुहुनेछ र ओठमा मुस्कान देखाए पनि मनमस्तिष्क गह्रुँगो बनाएर फर्कनुहुनेछ, जसरी पहिले आएका एक पूर्वप्रधानमन्त्री फर्केका थिए । 
सम्भवत ः तपाईंको कोरिया भम्रण पहिलो हो । र, म चाहन्छु, नेपालका राजनीतिक दलका शीर्ष नेताहरुले कोरिया देख्नु पनि पर्छ । एकै पुस्तामा सम्भव भएको यहाँको चरम विकासको नमुना प्रत्यक्ष हेर्नु पनि अन्यन्त आवश्यक छ ।
यो अर्थमा कि सन् १९५० को दशकमा गृहयुद्धले तहसनहस भई भोकमरीले तड्पिएको दक्षिण कोरियालाई तपाईंका बाबुबाजेले खाद्यान्न सहयोग पठाउनुभएको थियो । त्यसको ५० वर्षपछि तपाईंले मानव शक्ति सहयोग पठाइरहनुभएको छ । फरक यत्ति हो, बाबुबाजे सीमित खाद्यान्नमात्र सहयोग गरेका थिए, अहिले तपाईंले वार्षिक पाँचदेखि सात हजार मानव शक्ति सहयोग पठाइरहनुभएको छ । त्यीमध्ये तपाईंका सयौं कार्यकता कोरियाको विकासमा दचचित्त भई अहोरात्र खटिरहेका छन् ।
र, तपाईंले देख्नुपर्छ विश्वविद्यालयको डिग्री लिएर परिपक्व भएकादेखि जुँगाको रेखी नपलाएका कलिला हजारौं अनुहारहरु । जो पसिना चुहाउँदै, आँसु पिउँदै, रगत बगाउँदै दैनिक आठदेखि १८ घण्टासम्म लगातार अजंगका ‘रोबोट मेसिन’सँग पौंठेजोरी खेल्छन् । प्लास्टिकका टनेलभित्र १२ घण्टाभन्दा बढी ननस्टप गुम्सिन्छन् । पशुपन्छीको रेखदेखमा रातदिन खटिन्छन् । आप्रवासीमात्र होइन, स्वयं यहाँका नागरिकको पनि खटाइ उस्तै हुने गर्छ । 
अनि छाती पग्लेर बगेको पसिना, मुटु रसाएर चुहिएको आँसु र मनमस्तिष्क पाकेर फुटेको रगतको थोपामा आफ्नो देशको आकृति देख्छन् नेपालीहरु । जिजीविषाको आभाष पाउँछन् र समृद्धिको खाका कोर्छन् मनमनै । 
हो, उनीहरुको खटाइ, लगाव, इमान र परिश्रमको अनुसन्धान गर्नुपर्नेछ तपार्इंले । उनीहरुको पसिना, आँसु र रगतको तागत र महत्वको निचोड निकाल्नुपर्नेछ तपाईंले ।
र, अनुमान गर्नुपर्नेछ स्वभाविकता, व्यवहार र आदरमा खड्केको अभावको । मनमा बल्किरहेको अस्थिरता, अशान्ति र द्विवधाको । अधुरा चाहना, अपूरा आकांक्षा र खुशीहरूको । इमान, स्वाभिमान र सम्मानमा लागेको चोट, पीडा र व्यथाहरुको । 
डा. भट्टराईज्यू, तपाईंले भिन्नता छुट्टाउनुपर्नेछ, कोरियाका विभिन्न उद्योग, कलकारखाना, कृषि र पशुपालन क्षेत्रमा नेपालीले गर्ने परिश्रम र उनीहरुले पाउने ज्याला र व्यवहारको । र, पढ्नुपर्नेछ उनीहरुको अनुहार जो त्रिभुवन विश्वविद्यालयको सर्टिफिकेटको सिरानी हालेर अर्काको देशमा थर्ड क्लासको थ्रीडी काम गर्नुपर्दाको पीडा र भोगाइ ।
अनि सोच्नुपर्नेछ तपाईंले, के तिनीहरुमा स्वदेशकै विकासमा खर्चिने सोच र सामथ्र्यको अभाव छ ? के तिनीहरुमा खोज, आविष्कार र नयाँ–नयाँ विषयको जोखिम मोल्न सक्ने शक्ति छैन ? के राष्ट्रको उन्नति–प्रगतिका लागि लड्न उनीहरुको पाखुरीमा दम, लगाव र खुबी छैन ?
र, तपाईंले देख्नुपर्नेछ नागरिकको हितका निम्ति क्रियाशील सरकारले अपनाएको प्रविधि, विधि र व्यवस्थापन । नीति, नियम र कानुन । शान्ति, सुरक्षा र सम्मान । विकास, रोजगारी र गुणस्तरीय जीवनस्तर । यातायात, आवास, सडक, शैक्षिक तथा स्वास्थ र बिमाका सुविधाहरु । 
राष्ट्रको उन्नति, प्रगति र समृद्धिका लागि नागरिकले अपनाएको इमान, स्वाभिमान र परिश्रम । झुकाव, लगाव र आधार ।
राजनीतिक दलले अपनाएको नागरिकप्रतिको उच्च आदर–सम्मान । जनतामैत्री नीति, विकासमैत्री रणनीति, राष्ट्रप्रतिको कर्तव्य, बाह्य राष्ट्रप्रतिको सम्मान, सद्भाव, प्रतिष्ठा र इज्जत । 
कर्मचारीतन्त्रले अपनाएको इमान्दारिता, वफादारिता, लगनशिलता र नागरिकप्रति दिलाएको सेवाभाव, संस्कार, संस्कृति, विश्वास, नैतिकता र जवाफदेहिता । कामगर्ने शैली र साधन ।  
र, तपाईंले थाहा पाउनुपर्नेछ मिनेट–मिनेटको महत्व । ६० सेकेण्डमा यिनीहरुले कति धेरै उत्पादन गर्छन् । श्रम, श्रमिक र ज्यालाको महत्व । प्रविधि र विधिले सरलीकृत गरेको सुविधाजनक जीवनशैली । सीप, क्षमता र चेतनाको स्तर । स्वास्थ्य, सुरक्षा र खानपानको स्तर । 
अनि तपाईंले सोच्नुपर्नेछ, ५० देखि ६० वर्षको बीचमा दक्षिण कोरियाले कसरी यति ठूलो छलाङ मार्‍यो र आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक हरेक तवरमा आज विश्वको टप टेनभित्र पर्‍यो ।
कोरियाले यति छोटो समयमा कसरी यति लामो विकासको मार्ग तय ग¥यो ? तपाईंले एक साता लगाएर कोरिया घुम्नुपर्नेछ । जमिनमाथि बनाइएका अग्लाअग्ला व्यावसायिक भवन र जमिनमुनि नौ स्टेपसम्म निर्मित ट्रेन लिक, विशाल नदी (हानखाङ) मुनिबाट कुदाइने टे«न । ड्राइभरबिनै जमिनभन्दा ३० फिटमाथिको मेट्रो रेल । दूरीअनुसार निर्माण गरिएका सडक, यातायातका साधन र तिनलाई कुदाउनेको सम्मान, व्यवहार र आचरण । ट्राफिक प्रहरीबिनैको व्यवस्थित र मर्यादित सडक ।
लाखौंलाई रोजगारी दिएको पानीजहाज कम्पनी, मोटर कम्पनी, विश्व बजारमा पु¥याउने इलेक्ट्रोनिक्स कम्पनी आदि । उद्योग, कलकारखाना र त्यसबाट निस्केको रासायनिक तथा हानिकारक पदार्थको व्यवस्थापन । पर्यावरणप्रतिको चासो र स्वास्थप्रतिको चेतना । साथै, कृषिमा गरिएको आधुनिकीकरण र बजार व्यवस्थापन । 
प्रकृतिले मात्रै हावापानी र जमिन दिएको कोरियाको हालको प्रतिव्यक्ति आय वार्षिक २८ हजार ०७१ अमेरिकी डलर छ । (बैंक अफ कोरियाको गत मार्चको तथ्यांक) जबकि आर्थिक अर्थतन्त्रमा सँगसँगै उदाएको हाम्रो देशको प्रतिव्यक्ति आय वार्षिक ६ सय ८९ अमेरिकी डलर छ । (वल्र्ड बैंकको तथ्यांक)
वल्र्ड बैंकको तथ्यांक अनुसार सन् १९६० मा कोरियाको वार्षिक आय ११ सय ०२ थियो भने नेपालको २ सय ६७ डलर थियो । यति धेरै अन्तर हुनको मुख्य कारण के ? तपाईंले खोज्नुपर्नेछ ।
लाग्छ, गुनासाहरु कहिल्यै सकिँदैनन् । समस्याहरु कहिल्यै समाधान हुँदैनन्, जबसम्म तपाईंजस्ता विद्धानहरुले राजनीतिको ढोका बन्द गरेर उद्योगको ढोला खोल्न सक्दैनन् ।
करिब ४० हजार नेपाली कार्यरत दक्षिण कोरियामा तपाईंलाई स्वागत छ । तपाईंको भ्रमण राजनीतितर्फ उन्मुख होइन, उद्योग व्यवसायतिर उन्मुख होस् ।
निकुञ्ज तिवारी
हाल कोरिया
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !