देश
सिन्धुपाल्चोक । तातोपानी आसपासमा भारी बर्षा हुँदा भोटेकोसीमा दशकयताकै ठूलो बाढी आएको छ । बाढीले लिपिङमा १५ घर बगाएको छ । त्यस्तै तातोपानी भन्सारमा रहेको २ वटा ट्रिपर बगाएको प्रहरीले जनाएको छ ।
बाह्रबिसेमा रहेको प्लाइउड फम, ब्लक उद्योगमा पनि बाढीले क्षति पुर्याएको प्रहरीले बताएको छ । मोटर ग्यारेजबाट टाटासुमो र जिप बगाउनुको साथी मार्पिङ र लिपिङ जोड्ने मध्यभोटेकोसीको बेलिव्रिज पनि बाढीले बगाएको स्थानीयले बताएका छन् ।
बाढीमा हालसम्म कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । बाढीका कारण तातोपानी दशकिलोका केही घरहरू जोखिममा छन् । यसैगरी जुरे पहिरोमा ब्लक छ । सामान्य अवस्थाको भन्दा करिव १.५ मिटर खोला बढेको छ । तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान प्रहरीले माइकिङ गरिरहेको छ ।
तस्वीर : सरेश नेपाल
प्रकाशित मिति: बुधबार, असार २२, २०७३ १०:१९
प्रतिक्रिया दिनुहोस्