देश
काठमाडौं । कोभिड १९ संक्रमणका कारण आज एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १३५ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ४१ वटा नमुना परीक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार ४३९ पुगेको छ ।
आज ३२ हजार ५१५ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७९ १६:१३
प्रतिक्रिया दिनुहोस्