site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, कहिलेदेखि आवेदन दिन सकिन्छ ?
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित दरका ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँबराबरको ११ लाख ७६ हजार७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । ५ प्रतिशत अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

Agni Group
NIC Asia

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा साउन १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयभित्र मागबमोजिम आवेदन नपरेमा साउन २३ गतेसम्म आवेदन दिने समय थप हुनेछ । तर, पछिल्लो समय आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा त्यसमा पनि आवेदन दिने समय साउन १२ गतेसम्म मात्र रहने देखिन्छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

Global Ime bank

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरोसेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu