राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दै छ । आज र भोलि काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको हो ।
जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले यही असार २९ र ३० गते वीरगन्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
भट्टराई र यादवबीच अब अलग–अलग भएर राजनीतिलाई अघि बढाउने सहमति भइसकेको छ । यहीबीच उनीहरूले छुट्टाछुट्टै बैठक आह्वान गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९ १०:००
प्रतिक्रिया दिनुहोस्