site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
युभेन्टसबाट ट्रफी जित्न आतुर पोग्बा
SkywellSkywell

काठमाडौं । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा सोमबार पूर्व क्लब युभेन्टस फर्किएका छन् ।

युनाइटेडसँगको सम्झैता समाप्त भएपछि पोग्बाले ‘फ्री–ट्रान्सफर’मा युभेन्टससँग चार वर्षका लागि सम्झैता गरेका छन् । 

युनाइटेडमा हुँदा लय भेट्टाउन संघर्ष गरिरहेका पोग्बा करियरको पुनरुत्थानका लागि पुनः पूर्व क्लब इटालियन क्लब युभेन्टस फर्किएका हुन् ।

Dabur Nepal
NIC Asia

पोग्बालाई युनाइटेडले करिब १० करोड ५० लाख युरोमा (तत्कालीन विश्व कीर्तिमानी शुल्क) अनुबन्ध गरेको थियो । त्यसको ६ वर्षपछि फ्रान्सका मिडफिल्डर पोग्बा नि:शुल्क युभेन्टस नै फर्किएका छन् । 

“तपाईंले देख्न सक्नुहुन्छ । म फर्किएको छु र यसमा म धेरै खुसी छु,” सामाजिक सञ्जालमा भिडियो सन्देशमार्फत पोग्बाले भनेका छन्, “म यस क्लबबाट ट्रफी जित्न आतुर छु । हामी सबै सँगै रंगशालाको मैदानमा हुनेछौंँ।”

पोग्बा पहिलोपटक २०१२ मा युभेन्टससँग अनुबन्धित भएका थिए । इटालियन क्लब युभेन्टसले त्यतिबेला युनाइटेडका युवा खेलाडी पोग्बालाई ८ लाख पाउण्डमा अनुबन्ध गरेको थियो । अहिले २९ वर्षे पोग्बाले पेरिस सेन्ट जर्मेन (पीएसजी)को उच्च पारिश्रमिकसहितको प्रस्तावलाई अस्वीकार गर्दै युभेन्टससँग चार वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

पोग्बा शनिबार क्लबको मेडिकल सेन्टरमा पुग्दा एक हजारभन्दा बढी समर्थकले स्वागत गरेका थिए । पोग्बालाई स्वागत गर्न समर्थकहरू बिहानैदेखि भेला हुन थालेका थिए । उनीहरूको नायक पोग्बा पुग्दा त्यहाँ ठूलो भिड थियो ।

समर्थकहरूले 'कसले लुकाकुको ख्याल राख्छ । हामीसँग पोग्बा छन्' जस्ता नारा लगाएका थिए । युभेन्टसको कटु प्रतिद्वन्द्वी इन्टर मिलानले गत महिना चेल्सीबाट रोमेलु लुकाकु पुनः अनुबन्धित गरेको छ । 

पोग्बा युभेन्टसमा हुँदा समर्थकका मनपर्ने  खेलाडी थिए । चार सिजनमा पोग्बाले हरेक पटक इटालियन सिरी ‘ए’को उपाधि जित्न मद्दत गरेका थिए । युनाइटेडमा फर्कनुअघि पोग्बाले युभेन्टसबाट २०१५ मा च्याम्पियन्स लिग उपविजेता पदक जितेका थिए । उक्त सिजन युभेन्टसले दुई इटालियन कप उपाधि र दुई इटालियन सुपर कप पनि जितेको थियो ।

युनाइटेडमा उनको दोस्रो कार्यकाल निराशाजनक थियो । लामो समय चोटबाट गुज्रिएका पोग्बाले युनाइटेडको ६ वर्षे करियरमा २२६ खेल खेले । पोग्बाले ३९ गोल गरे । त्यस समयमा, उनले फ्रान्सबाट २०१८ को विश्वकप उपाधि जितेका थिए ।

तर, युनाइटेडका लागि उनको प्रदर्शन कहिल्यै राष्ट्रिय टोलीबाट जस्तो हुन सकेन । युनाइटेडका प्रशिक्षकहरूले उनीबाट उत्कृष्ट प्रदर्शन पाउन सकेनन् । पोग्बाले युनाइटेडमा लिग कप र युरोपा लिग जिते । दुवै उनले युनाइटेड फर्किएको पहिलो वर्ष जितेका थिए । 

पोग्बा १६ वर्षको उमेरमा युनाइटेडको एकेडेमीमा भर्ना भएका थिए । त्यतिबेला पोग्बाले सिनियर टोलीबाट मात्र सात खेल खेलेका थिए । त्यसपछि उनी युभेन्टसमा अनुबन्ध भएका थिए ।

त्यसको झण्डै १० वर्षपछि पुन युभेन्टसमा अनुबन्ध हुँदा पोग्बा र प्रशिक्षक मासिमिलियानो एलेग्रीसँग पुनः सहकार्य हुनेछ । एलेग्री पनि गत वर्ष पुनः युभेन्टस फर्किएका हुन् । 

युभेन्टसले गत साता मिडफिल्डर एन्जेल डी मारियालाई पीएसजीबाट अनुबन्ध गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  २०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro