site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंवासीलाई खानेपानीको अभाव हुन दिइन्न : मन्त्री चौधरी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौंवासीलाई खानेपानीको अभाव हुन नदिने बताएका छन् ।

सोमबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिक शिलान्यास गर्दै उनले वाग्मती नदीको पानीलाई सुन्दरीजलमा प्रशोधन गरी ५–६ करोड लिटर र भूमिगत सतहको ५ करोड लिटरभन्दा बढी पानीको व्यवस्थापन गरेर काठमाडौंवासीलाई खानेपानीको अभाव हुन नदिने स्पष्ट पारे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले मेलम्चीको विकल्पका रूपमा अरू स्थानबाट पनि काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन भइरहेको जानकारी दिए ।

मन्त्री चौधरीले बाढीबाट मेलम्चीको सुरुङलाई जोगाउनका लागि टनेल बन्द गरिएको भन्दै मनसुन सकिनेबितिकै मेलम्चीको पानी ल्याइने बताए ।

Royal Enfield Island Ad

एसियाली विकास बैंकको टोलीले मेलम्ची खोलाको भौगर्भिक अवस्थाको अध्ययन गरिरहेको पनि उनले बताए । मन्त्री चौधरीले सो अध्ययन प्रतिवेदनानुसार आउँदो आर्थिक वर्षदेखि पहिरो नियन्त्रणको काम अघि बढाइने उल्लेख गरे ।

गएको चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुन्दरीजलको सुरुङनजिक भट्टराईको सालिक बनाउने निर्णय गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro